दिल्लीलाई नयाँ ईतिहास रच्ने सुनौलो अवसर
बैशाख २६ , अनलाईन खेलखबर ।। अहिले विश्वको सबैभन्दा ठुलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपिएल ) जारी रहेको छ । जसमा अब दुई खेलमात्र बाकि रहेको छ । फाईनल प्रवेशद्रारका रुपमा रहेको दोस्रो क्वालिफायर शुक्रवार हुदैँछ । जहाँ दिल्ली क्यापिटत्सले चेन्नई सुपर किग्सको सामना गर्नेछ ।
आईपिएलको सफल टिम मध्यको एक चेन्नई र आईपिएलमा यसघि कमजोर मानिने दिल्लीले प्रतिष्पर्दा गर्नेछन । जित्ने टिमले आईतबार हुने फाईनल खेलमा मुम्बई ईण्डियनको सामना गर्नेछ ।
७ बर्षपछी प्रतियोगिताको प्ले अफ खेल्दै गरेको दिल्लीलाई यसपटक भने फ़ाईनल पुग्ने सुनौलो अबसर पनि रहेको छ । सन् २००८ , २००९ मा सेमिफाईनल पुगेको दिल्ली २०१२ मा प्ले अफ स्थानमा पुगेको थियो । तर यसपछि दिल्ली सदैभ कमजोर टिममा साबित हुन् पुग्यो । तर अहिले १२ औ सस्करणमा दिल्लीले नाम मात्र परिबर्तन गरेन सोच पनि सकारात्मक राख्दै उत्कृष्ट प्रदशन गर्दै अहिले यो स्थानमा आफुलाई उभाएको छ ।
चेन्नई आईपिएलको एउटा सफल टिममध्यको एक टिम हो । ३ पटकको विजेता चेन्नई ४ पटक उप- बिजेता बनेको छ । सन् २०१० , २०११ र अघिल्लो सन् २०१८ मा चेन्नईले आईपिएलको उपाधि उचालेको थियो । यस्तै सन् २००८ , २०१२ , २०१३ र २०१५ मा चेन्नई उप बिजेता बनेको थियो ।
दरिलो ईतिहास रहेको चेन्नईलाई ईतिहास बनाउन लालाहित दिल्लीले शुक्रवार हुने दोस्रो क्वालिफायरमा कडा टक्कर पक्कै दिनेछ । लिग चरणमा दिल्लीले राम्रो प्रदशन गर्दै कुल १४ खेलबाट ९ खेलमा जित र ५ खेलमा हार व्यहोर्दै अंकतालिकामा १८ अंकसहित तेस्रो स्थानमा रहदै ७ बर्षपछी दिल्लीले प्ले अफमा स्थान बनाएको थियो । पहिलो मुम्बई र दोस्रो चेन्नई सँग समान १८ रन भएपनि दिल्ली नेट रनरेटमा पछि पर्दै तेस्रो स्थानमा रहदै एलिमिनेटरको यात्रा तय गरेको थियो ।
बुधवार भएको एलिमिनेटर खेलमा दिल्लीले हैदराबादलाई अन्तिम बल बाकि रहदा २ विकेटको शनसनिपूर्ण जित हासिल गर्दै दोस्रो क्वालिफायरमा चेन्नई सँग भेट पक्का गरेको हो । चेन्नई भने पहिलो क्वालिफायरमा मुम्बई ईण्डियन सँग ६ विकेटले पराजित हुदैँ दोस्रो क्वालिफायरमा आएको हो ।
लिग चरणमा भेट हुदाँ दिल्ली माथि चेन्नई हाबी भएको थियो । दुई भेटमा चेन्नईले दुवै खेल आफ्नो पक्षमा पारेको थियो । पहिलो भेटमा दिल्लीलाई चेन्नईले ६ विकेटले पराजित गरेको थियो भने दोस्रो भेटमा पनि चेन्नईले दिल्लीलाई ८० रनको बिशाल अन्तरले पराजित गरेको थियो ।
यसअर्थमा दिल्लीले सो हारको बदला सँगै पहिलो पटक फाईनल खेल्ने रणनीतिका साथ् मैदान उत्रिने छ । भने चेन्नई पनि जारि प्रतियोगितामा दिल्लीलाई ।तेस्रो पटक निराश गराउने सोचका साथ मैदानमा उत्रिनेछ ।
खेल भोलि शुक्रबार नेपाली समय अनुसार बेलुका पौने ८ बजेपछि चेन्नईको बैकल्पिक मैदान डॉ. वाई.एस. राजशेखर रेड्डी एसीए-वीडीसीए क्रिकेट स्टेडियममा हुनेछ ।
यता दिल्ली भन्ने बित्तिकै नेपालको कनेक्सन रहेको दिल्लीलाई यसपटक पनि नेपाली समर्थकहरुको राम्रो साथ रहेको छ । दिल्लीमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछाने हुदाँ दिल्ली नेपालका लागि खास रहेको छ । सोहि अनुसार दिल्लीले यसपटक राम्रो गरोस भन्ने नेपाली समर्थकहरुमा पनि कामना रहेको छ । अझ खेलमा सन्दीपलाई टिमले अन्तिम ११ मा स्थान दियोस भन्ने सबैमा रहेको हुन्छ ।
खेल हुनु पूर्व सन्धामा नेपालमा सन्दिपलाई लिएर ठुलो चासो र खुलदुली रहने गर्छ । टिमले आज सन्दिपलाई अन्तिम ११ मा स्थान दिन्छ या दिदैंन भनेर सोहि कुरा भोलि चेन्नई बिरुद्दको खेलमा पनि निरन्तरता पाउने छ । अघिल्लो खेल पनि गुमाएका उनले यो खेल पनि गुमाउने सम्भावना बढेर गएको छ ।जारि प्रतियोगितामा ६ खेल खेलेका सन्दिपले ८ विकेट लिईसकेका छन ।