हैदराबाद माथी शनसनीपूर्ण जित हासिल गर्दै दिल्ली पुग्यो दोस्रो क्वालिफायरमा

हैदराबाद माथी शनसनीपूर्ण जित हासिल गर्दै दिल्ली पुग्यो दोस्रो क्वालिफायरमा

बैशाख २५ , अनलाईन खेलखबर ।। ईण्डियन प्रिमियर लिग ( आईपिएल ) को एलिमिनेटर खेलमा नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई २ विकेटले पराजित गर्दै दिल्ली प्रतियोगिताको दोस्रो क्वालिफायरका लागि छनोट भएको छ ।

बुधवार राति सम्पन्न खेलमा जित हासिल गरेको दिल्लीले अब शुक्रबार पहिलो क्वालिफायरको पराजित् टिम महेन्द्र सिह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किग्स सँग दोस्रो क्वालिफायर खेल्नेछ । पराजित् टिम हैदराबाद भने प्रतियोगिता बाट बाहिरिएको छ । दोस्रो क्वालिफायरको विजेताले यस सस्करणको उपाधिको लागि आउदो आईतबार मुम्बई ईन्डीयन सँग प्रतिष्पर्दा गर्नेछ ।

खेलमा हैदरावादले दिएको १ सय ६३ रनको बिजयी चुनौती दिल्लीले अन्तिम बल बाकि रहदा ८ विकेट गुमाएर भेटायो । सुरुवाति अबस्थामा राम्रो ब्याटिंङ्ग गरेको दिल्लीले पहिलो विकेट ७.३ ओवरमा टिमको स्कोर ६६ रन हुदाँ शिखर धवनलाई १७ रनमा गुमाएको थियो । उनले पृबि शा सँग त्यो ओपनिङ्ग साझेदारी गरेका थिए । १६ बलको सामना गर्ने क्रममा ३ चौका समेत धवनले प्रहार गरे । यसपछि दिल्लीले कप्तान श्रेयस अय्यरलाई सस्तैमा गुमायो उनले मात्र ८ रन बनाए ।

श्रेयस अय्यर आउट भएपछी टिमले राम्रो ब्याटिंङ्ग गरिरहेका पृबि शा लाई पनि लगत्तै गुमायो । ३८ बलको सामना गरेका उनले ६ चौका र २ छक्काको मद्दतमा अर्धसतकिय ५६ रनको पारी खेले । उनि खलिल अहमद्को बलमा विजय संङ्गकरको हातबाट क्याच आउट भएका थिए ।

र १५ औं ओवरमा रासिद खानले लगातार दुई विकेट लिएपछि दिल्ली केहि दबाबमा आएको थियो । जसमा कॉलिन मुनरोले १४ रन बनाउदा एक्सर पटेलले खाता खोल्न समेत सकेनन ।

तर खेललाई अन्तिम सम्म लग्दै रिशभ पन्तले ४९ उत्कृष्ट रनको पारी खेलेपछि दिल्लीले हैदराबादमाथि रोमान्चितजित हासिल गर्न सफल भयो । अन्तिम २ बलमा २ रन आबस्यक भएको अबस्थामा कीमो पॉलले चौका प्रहार गर्दै टिमलाई जित दिलाए ।

बलिङ्ग तर्फ हैदराबादका लागि खलिल अहमद , भुवनेश्वर कुमार र रासिद खानले समान २/२ विकेट लिएका थिए । भने दिपक हुडाले १ विकेट लिए ।

त्यसअघि हैदराबादको बैकल्पिक मैदान विशाखापट्टनममा रहेको के डॉ. वाईएस राजशेखर रेड्डी एसीए-वीडीसीए क्रिकेट स्टेडियममा जारि खेलमा पाहुना टोलि दिल्लीले टस जितेर पहिले फ़िल्डिङ्ग गर्ने निर्णय गरेको थियो ।

टस हारेर सुरुमा ब्याटिंङ्ग गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ६२ रनको योगफल खडा गरेको थियो ।

ईनिङ्गको ६.३ ओवरमा टिमको स्कोर ५६ रन हुदाँ सुरुवाती दुई ओपनर ब्याट्सम्यानलाई टिमले गुमाएको थियो । पहिलो विकेटको रुपमा रिद्धिमान शाहालाई टिमले व्यक्तिगत ८ रनमा गुमाएको थियो । ९ बलको सामाना गरेका उनले १ चौका प्रहार गर्दा ईशान्त शर्माको बलमा श्रेयस अय्यरको हात बाट क्याच आउट हुन् पुगे ।

शाहा पछि मार्टिन गप्टिल ३६ रन बनाएर आउट हुन् पुगे । अमित मिश्राको बलमा कीमो पॉलको हात बाट आउट हुन् पुगेका उनले १९ बलको सामना गर्दै १ चौका र ४ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यसपछि मनिष पाण्डेय तेस्रो विकेटका रुपमा पभेलियन फर्किए । ३६ बलको सामना गर्दै ३ चौकाको मद्दतमा उनले ३० रन बनाए । उनि पनि कीमो पॉलको बलमा क्याच आउट हुन पुगे । र लगत्तै टिमका कप्तान केन विलियमसन २८ रन बनाएर आउट भएपछी खेलमा हैदराबादले केहि दबाबमा देखिएको थियो । तर विजय सङ्गकरले आक्रामक ब्याटिंङ्ग गर्दै टिमको स्कोर उकास्न महत्वपुर्ण भूमिका निर्बाह गरे । ११ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गर्दै २५ रनको योगदान गरे ।

अन्त्यतिर मोहम्मद नाबिले २० रनको योगदान गरेका थिए ।

बलिङ्ग तर्फ दिल्लीका लागि कीमो पॉलले सर्बाधिक ३ विकेट लिए । यस्तै ईशान्त शर्माले २ विकेट हात पारे । भने अमित मिश्रा र ट्रेंट बोल्टले पनि समान १/१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *