एलिमिनेटर खेल : हैदराबादद्रारा दिल्ली सामु मध्यम लक्ष्य प्रस्तुत
बैशाख २५ , अनलाईन खेलखबर ।। विश्व क्रिकेटको सबैभन्दा ठुलो तथा चर्चित् क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत दोस्रो क्वालिफायरको प्रवेशद्रार एलिमिनेटर खेल अहिले जारि रहेको छ । जहाँ नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादको सामना गरिरहेको अबस्था छ ।
हैदराबादको बैकल्पिक मैदान विशाखापट्टनममा रहेको के डॉ. वाईएस राजशेखर रेड्डी एसीए-वीडीसीए क्रिकेट स्टेडियममा जारि खेलमा पाहुना टोलि दिल्लीले टस जितेर पहिले फ़िल्डिङ्ग गर्ने निर्णय गरेको थियो ।
टस हारेर सुरुमा ब्याटिंङ्ग गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ६२ रनको योगफल खडा गरेको छ ।
ईनिङ्गको ६.३ ओवरमा टिमको स्कोर ५६ रन हुदाँ सुरुवाती दुई ओपनर ब्याट्सम्यानलाई टिमले गुमाएको थियो । पहिलो विकेटको रुपमा रिद्धिमान शाहालाई टिमले व्यक्तिगत ८ रनमा गुमाएको थियो । ९ बलको सामाना गरेका उनले १ चौका प्रहार गर्दा ईशान्त शर्माको बलमा श्रेयस अय्यरको हात बाट क्याच आउट हुन् पुगे ।
शाहा पछि मार्टिन गप्टिल ३६ रन बनाएर आउट हुन् पुगे । अमित मिश्राको बलमा कीमो पॉलको हात बाट आउट हुन् पुगेका उनले १९ बलको सामना गर्दै १ चौका र ४ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।
यसपछि मनिष पाण्डेय तेस्रो विकेटका रुपमा पभेलियन फर्किए । ३६ बलको सामना गर्दै ३ चौकाको मद्दतमा उनले ३० रन बनाए । उनि पनि कीमो पॉलको बलमा क्याच आउट हुन पुगे । र लगत्तै टिमका कप्तान केन विलियमसन २८ रन बनाएर आउट भएपछी खेलमा हैदराबादले केहि दबाबमा देखिएको थियो । तर विजय सङ्गकरले आक्रामक ब्याटिंङ्ग गर्दै टिमको स्कोर उकास्न महत्वपुर्ण भूमिका निर्बाह गरे । ११ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गर्दै २५ रनको योगदान गरे ।
अन्त्यतिर मोहम्मद नाबिले २० रनको योगदान गरेका थिए ।
बलिङ्ग तर्फ दिल्लीका लागि कीमो पॉलले सर्बाधिक ३ विकेट लिए । यस्तै ईशान्त शर्माले २ विकेट हात पारे । भने अमित मिश्रा र ट्रेंट बोल्टले पनि समान १/१ विकेट लिए ।
अब हैदराबादले प्रस्तुत गरेको १ सय ६३ रनको बिजयी लक्ष्य पछ्याउदै दिल्लीले अबको केहिबेरमै जवाफी ब्याटिंङ्ग गर्नेछ ।
आजको खेलको बिजेता टिमले शुक्रबार पहिलो क्वालिफायरको पराजित् टिम महेन्द्र सिह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किग्स सँग दोस्रो क्वालिफायर खेल्नेछ । पराजित् टिम भने प्रतियोगिता बाट बाहिरिने छ । दोस्रो क्वालिफायरको विजेताले यस सस्करणको उपाधिको लागि आउदो आईतबार मुम्बई ईन्डीयन सँग प्रतिष्पर्दा गर्नेछ ।