एलिमिनेटरमा दिल्लीले हैदराबाद सँग आज भिड्दै : सन्दिपको सम्भावना भने न्युन

एलिमिनेटरमा दिल्लीले हैदराबाद सँग आज भिड्दै : सन्दिपको सम्भावना भने न्युन

बैशाख २५ , अनलाईन खेलखबर ।। विश्व क्रिकेटको सबैभन्दा ठुलो तथा चर्चित् क्रिकेट प्रतियोगिता आईपिएल अन्तर्गत आज दोस्रो क्वालिफायरको प्रवेशद्रार एलिमिनेटर खेल आज बुधवार हुदैछं । जहाँ नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली कैपिटल्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ ।

नेपाली समय अनुसार बेलुका पौने ८ बजेपछि हैदराबादको बैकल्पिक मैदान विशाखापट्टनममा रहेको के डॉ. वाईएस राजशेखर रेड्डी एसीए-वीडीसीए क्रिकेट स्टेडियममा हुनेछ । आजको खेलको बिजेता टिमले शुक्रबार पहिलो क्वालिफायरको पराजित् टिम महेन्द्र सिह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किग्स सँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरको विजेताले यस सस्करणको उपाधिको लागि आउदो आईतबार मुम्बई ईन्डीयन सँग प्रतिष्पर्दा गर्नेछ ।

भाग्यले प्ले अफ पुगेको हैदराबाद र लयमा देखिएको दिल्लीको खेल बिचको खेलमा दिल्ली आज हाबी हुने पक्कै छ । लिग चरणमा दिल्लीले राम्रो प्रदशन गरि जसमा कुल १४ खेलबाट ९ खेलमा जित र ५ खेलमा हार व्यहोर्दै अंकतालिकामा १८ अंकसहित तेस्रो स्थानमा रहदै ७ बर्षपछी दिल्लीले प्ले अफमा स्थान बनाएको थियो । पहिलो मुम्बई र दोस्रो चेन्नई सँग समान १८ रन भएपनि दिल्ली नेट रनरेटमा पछि पर्दै तेस्रो स्थानमा रहदै एलिमिनेटरको यात्रा तय गरेको थियो ।

यता कोलकता र पन्जावलाई नेट रनरेटमा पछि पार्दै हैदराबादले प्ले अफमा स्थान बनाएको थियो । लिगको कुल १४ खेलमा हैदराबादले ८ खेलमा पराजित हुदाँ ६ खेलमा जित हासिल गर्दै १२ अंक प्राप्त गरेको थियो ।

आईपिएलमा दिल्ली माथि हैदराबाद हाबी रहदै आएको छ । पछिल्लो १४ भेटमा हैदराबादले ९ पटक खेल आफ्नो पक्षमा पारेको थियो भने दिल्लीले मात्र ५ खेल आफ्नो पक्षमा पारेको थियो । यसै सस्करण अन्तर्गत लिगमा भेट हुदाँ पहिलो खेल हैदराबादले ५ विकेटले जित हासिल गरेको थियो । भने दोस्रो भेटमा दिल्लीले हैदराबादलाई ३९ रनले पराजित गरेको थियो । तर पछिल्ला खेल हेर्दा दिल्ली धेरै राम्रो टिम देखिएको छ ।

हैदराबादले अघिल्लो सस्करणमा फाईनल खेलेको थियो । जसमा हैदराबाद चेन्नई सँग पराजित हुदै निराश हुन् पुगेको थियो । तर दिल्ली अहिले सम्म फाईनल पुग्न सकेको छैन । यसपटक दिल्लीलाई ईतिहास रच्ने मौका पनि रहेको छ । अहिले सम्मको खेल नियाल्दा दिल्लीले ईतिहास रच्ने क्षमता प्रस्तुत गरेको छ ।

यता नेपालको आम चासो नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेलाई आज टिमले अन्तिम ११ मा स्थान दिन्छ या दिदैन सबैमा खुलदुली छाएको छ । जारि प्रतियोगितामा ६ खेल खेलेका सन्दिपले ८ विकेट लिईसकेका छन तर आज सन्दिप टिममा पर्ने सम्भावना निकै कम भएर गएको छ । निकै महत्वपुर्ण खेलमा सन्दिपलाई अनुभवको कमिको आधारमा टिमले अन्तिम ११ मा स्थान दिने सम्भावना न्युन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *