चेन्नईमाथी सहज जित हासिल गर्दै मुम्बई आईपिएलको  फाईनल प्रवेश

चेन्नईमाथी सहज जित हासिल गर्दै मुम्बई आईपिएलको फाईनल प्रवेश

बैशाख २४ , अनलाईन खेलखबर ।। विश्वको सबैभन्दा ठुलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपिएल )को यस सस्करणको फाईनलमा मुम्बई ईन्डियन पुगेको छ ।

मङ्गगलबार भएको प्रतियोगिताको पहिलो क्वालिफायरमा महेन्द्र सिह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किग्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई प्रतियोगिताको फाईनल प्रवेश गरेको हो । यता पराजित भएको चेन्नईलाई अझै एक सुनौलो मौका रहेको छ । अब चेन्नईले बुधवार हुने दिल्ली र हैदराबाद बिचको एलिमिनेटर बिजेता सँग शुक्रबार दोस्रो क्वालिफायर खेल्नेछ । यहाँबाट बिजयी टिमले आईतबार हुने फाईनलमा मुम्बई सँग भेट पक्का गर्नेछ ।

खेलमा चेन्नईले प्रस्तुत गरेको १ सय ३२ रनको मध्यम बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको मुम्बईले १८.३ ओवरमा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य भेटायो । मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहदै ७१ रनको योगदान गरेपछि टिमले चेन्नईमाथि सहज जित निकाल्न प्रयाप्त भयो । ५४ बलको सामना गरेका उनले १० चौका प्रहार गर्न सफल भएका थिए ।

यस्तै टीमका लागि ईशान किशनले पनि २८ रनको योगदान गरे । भने हार्दिक पाण्डेयले अविजित रहदै १३ रन बनाए । कप्तान रोहित् सर्माले ४ रन बनाउदा क्विंटन डी कॉकले ८ रन बनाए । रोहित पहिलो विकेटका रुपमा आउट भएका थिए भने क्विंटन डी कॉक दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका थिए ।

बलिङ्ग तर्फ चेन्नईका लागि ईमरान ताहिरले २ तथा दिपक चाहर र हरभजन सिहले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि चेन्नईको घरेलु मैदान एम.ए. चिदंबरम स्टेडियममा भएको खेलमा सुरुमा टस जित्दै पहिले ब्याटिंङ्ग गरेको थियो । जसअनुसार चेन्नईले निर्धारित २० ओवर पुरै खेल्दै मात्र ४ को क्षतिमा १ सय ३१ रनको योगफल खडा गरेको थियो । चेन्नईका आम्बाती रायडुले सर्वाधिक ४२ रनको योगदान गरे । ३७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान महेन्द्र सिंह धोनी ३७ रनमा अविजित रहे ।

सुरुवात देखिनै खराब लय देखिएको चेन्नईले आफ्नो पहिलो विकेट टिमको स्कोर ६ रन हुदा २.१ ओवरमा फाफ डु प्लेसिसलाई व्यक्तिगत ६ रनमा गुमाएको थियो । उनि राहुल चाहरको बलमा आउट हुन् पुगे । यस्तै ३.३ ओवरमा टिमले अर्को विकेट गुमायो । सुरेश रैना ५ रन बनाएर आउट हुन् पुगे । यसपछि टिमले आफ्नो स्कोर ३२ रन हुदा शेन वाटशनलाई १० रनमा गुमाएपछि चेन्नई केहि समय दवावमा परेको थियो ।

यसपछि टिमले चौथो बिकेटका रुपमा मुरली बिजयीलाई २६ रनमा गुमाएको थियो । र चेन्नईलाई यो स्कोर सम्म पुर्याउन कप्तान महेन्द्र सिंह धोनी र आम्बाती रायडुले ६६ रनको अविजित साझेदारी गरेपछि चेन्नईले सम्मानजनक स्कोर खडा गरेको थियो ।

बलिङ्ग तर्फ मुम्बईका लागि राहुल चाहारले २ तथा जयन्त यादव र कुनाल पाण्डेयले समान १ /१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *