प्रदेश २ ले उचाल्यो यु – १६ राष्टिय क्रिकेट प्रतियोगिताको उपाधी

प्रदेश २ ले उचाल्यो यु – १६ राष्टिय क्रिकेट प्रतियोगिताको उपाधी

बैशाख २४, अनलाईन खेलखबर ।। मनमोहन क्रीकेट सेन्टरको आयोजनामा काठमाण्डौ सम्पन्न अन्तर प्रदेश यु – १६ राष्टिय क्रिकेट प्रतियोगिताको उपाधी प्रदेश २ ले उचालेको छ ।

आज भएको प्रतियोगिताको फाईनल खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रदेश २ च्याम्पियन बनेको हो ।

खेलमा सूदुरपश्चिम प्रदेशले दिएको १ सय  ३४ रनको लक्ष्य पछ्याएको जवाफी ब्याटिङ गरेको प्रदेश २ ले उक्त बिजयी लक्ष्य २६. ३ ओवरमा ६ विकेट गुमाएर भेटाएको थियो ।

प्रदेश-२ को जितका लागि रोहन विकले सर्वाधिक ३६ रनको योगदान गरे । २१ बलको सामना गरेका उनले ३ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

त्यस्तै टिमका लागि विशाल पटेलले २८ रनको योगदान गर्दा कप्तान निखिल सिंहले २७ रनको पारी खेलेका थिए ।

यस्तै सेख इमरानले १४ रनको योगदान गरेका थिए ।

बलिङतर्फ सूदुरपश्चिम प्रदेशका आशिस भट्टले सर्वाधिक ३ विकेट लिए । त्यस्तै गोविन्द बिष्ट र सचिन बडायडले सामान १/१ विकेट लिए ।

त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा भएको फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित ३० ओवर पुरै खेल्दै ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । 

सुदूरपश्चिमका लागि सुवाश ऐरले सर्बाधिक ४७ रनको पारी खेले । ५४ बलको सामना गरेका उनले ४ चौका प्रहार गरेका थिए । त्यस्तै सन्दिप विष्टले २८ रन , आशिष भट्टले २१ रन तथा गोविन्द बिष्टले १४ रनको योगदान गरेका थिए ।

बलिङतर्फ प्रदेश २ का लागि विशाल पटेल र निखिल सिंहले समान ३/३ विकेट लिए । त्यस्तै अरबाज अन्सारीले १ विकेट हात पारे ।

विजेता प्रदेश २ ले नगद २ लाख ५० हजार र सोही बराबरको खेलकुद सामाग्री प्राप्त गर्यो । । त्यस्तै उपविजेतामा सुदरपश्चिम १ लाख २५ हजार र सोहि बराबरको खेलकुद सामग्री प्राप्त गर्न सफल भयो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमका कप्तान सुवास ऐर घोषित भए । त्यस्तै उत्कृष्ट बलर प्रदेश नम्बर ३ का दिपक बोहोरा घोषित हुँदा उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आईश भट्टराई चुनिए । यस्तै उदयमान खेलाडीको उपाधि प्रदेश नम्बरका स्पिनर भागर्व चटौत चुनिए । उनिहरु सबैले खेलकुद सामग्री प्राप्त गरे ।

मनमोहन मेमोरियल क्रीकेट सेन्टरको आयोजनामा भएको प्रतियोगितामा नेपालका ७ प्रदेशको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *