यु -सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिताको फाईनलमा सुदूरपश्चिम र प्रदेश २ भिड्ने
बैशाख २३ , अनलाईन खेलखबर ।। काठमाण्डौमा जारी अन्तर प्रदेश यु – १६ राष्टिय क्रिकेट प्रतियोगिताको फाईनलमा सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर २ को सामना गर्ने भएको छ ।
आज भएको पहिलो सेमिफाईनल खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ३० रनले पराजित गर्दै प्रतियोगिताको फाईनल प्रबेश गरेको थियो । भने दोस्रो सेमिफाईनलमा प्रदेश २ ले प्रदेश नम्बर ३ लाई ४ विकेटले पराजित् गर्दै फाईनलमा सुदूरपश्चिम सँग भेट पक्का गरेको हो ।
आज त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाईनल खेलमा प्रदेश ३ ले टस जितेर पहिले ब्याटिंङ्ग गर्दै निर्धारित ३० ओवर पुरै खेल्दै १ सय २१ रनको योगफल खडा गरेको थियो ।
प्रदेश ३ का लागि आईश भट्टराईले सर्बाधिक ३० रनको योगदान गरे । ४५ बलको सामना गरेका उनले २ चौका समेत प्रहार गरे । यस्तै टिमका लागि कप्तान दिपक बोहराले ६ रन , विपिन बिक्रम केसीले १३ रन , प्रशान्त महतले २२ रन , क्रिस कार्कीले ११ तथा तिलक भण्डारीले १४ रन बनाएका थिए ।
बलिङ्ग तर्फ प्रदेश २ का शेख ईमरान र अरबाज अन्सारीले समान २/२ विकेट हात पारे । बिशाल पटेल र निखिल सिहले पनि १/१ विकेट लिएका थिए ।
यसपछि प्रदेश ३ ले प्रस्तुत गरेको १ सय २२ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश २ मेघराज महराको ४७ रनको महत्वपुर्ण पारीको मद्दतमा उक्त बिजयी चुनौती २५ ओवरमा ६ विकेट गुमाएर भेटायो । मेघराजले ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा ४७ रनको योगदान गरेका थिए । खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका उनले ६४ बलको सामना गर्दै ५ चौकाको मद्दतमा उक्त रन बनाएका थिए ।
यस्तै प्रदेश २ का लागि निखिल सिहले ३२ तथा रोहन बिकेले २१ रनको योगदान गरेका थिए ।
बलिङ्गमा प्रदेश ३ का तिलक भण्डारी र क्रिस कार्कीले समान २/२ विकेट लिए भने दिपक बोहराले १ विकेट हात पारेका थिए ।
अब प्रतियोगिताको फाईनल खेल भोलि मङ्गगलबार बिहान १० बजेपछि हुनेछ । कुल ७ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेता टिमले नगद रु. २ लाख ५० हजार सङ्गै सोही बराबरको खेल सामाग्री, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेताले भने नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयमान खेलाडीलाई खेलकुद सामाग्री, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।