मुम्बईको जितमा हैदराबादलाई फाईदा

मुम्बईको जितमा हैदराबादलाई फाईदा

बैसाख २२, अनलाईन खेलखबर || ईण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको लिगको अन्तिम खेलमा मुम्बई ईन्डियनले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराउदै अंकतालिकाको पहिलो स्थानमा रहदै पहिलो क्वालिफायरका लागि छनोट भएको छ ।

मुम्बईको घरेलु मैदान वानखेड़े स्टेडियमा टस जितेर बलिङ गर्ने निर्णय गरेको मुम्बई सामु कोलकाता द्वारा १३४ रनको सामान्य लक्ष्य पेश गरेको थियो। मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५५ रनको पारी खेल्दै टिमलाइ सहज जित दिलाएका थिए। यसै गरि सुर्यकुमार यादवले ४६ ले बनाएका थिए भने कुईन्टन डि कोक ३० रन बनाउदै प्रसिद मुरलीको बलमा क्याच आउट हुन पुगेका थिए ।

कोलकाताका लागि लिन ले ४१, रबिन उथ्थपाले ४० रनको योगदान दिएका थिए भने कोलकाताले अन्य खेलाडी सस्तैमा गुमाएको थियो।
बलिङ तर्फ मुम्बईका लसिथ मलिङाले ३ विकेट लिएका थिए भने बुमराह र हार्दिक पान्ड्याले समान २/२ विकेट लिन सफल भएका थिए।

मुम्बईले १४ खेलमा ९ जित हात पार्दै १८ अंक सहित पहिलो स्थान हासिल गरेको छ भने उता सनराईजर्स हैदराबाद १४ खेलमा ६ जित निकाल्दै रनरेटका आधारमा प्ले-अफमा छ्नोट हुन सफल भएको छ।

यश खेल सङै लिग चरण सकिएको छ । यस सस्करणको प्ले अफमा मुम्बई ईन्डियन , चेन्नई सुपर किग्स , दिल्ली र हैदराबाद प्रवेश गरेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *