सुवाश ऐरको उत्कृष्ट प्रदशनमा प्रदेश ३ माथि सुदूरपश्चिम प्रदेशको शानदार  जित

सुवाश ऐरको उत्कृष्ट प्रदशनमा प्रदेश ३ माथि सुदूरपश्चिम प्रदेशको शानदार जित

बैशाख २२ , अनलाईन खेलखबर ।। मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा काठमाण्डौ किर्तिपुर स्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा जारी अन्तर प्रदेश यु – सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश ३ लाई ८ विकेटले पराजित गरेको छ \

यसअघि नै लगातार दुई खेलमा जित निकाल्दै समुह “ए ” बाट सेमिफाईनल पुगिसकेका यी दुई टिमको आजको खेलले समुहको बिजेता र उप – बिजेताको निर्धारण गर्ने थियो । जसमा सुदूरपश्चिम प्रदेशले बाजी पारेको छ ।

अब भोलि सोमबार हुने पहिलो सेमिफाईनलमा सुदूरपश्चिम प्रदेशले समुह ” बि ” को उपबिजेता प्रदेश १ को सामना गर्नेछ । खेल बिहान साढे ८ बजेपछि हुनेछ । यस्तै दिउसो सवा १ बजेपछि हुने दोस्रो सेमिफ़ाईनलमा प्रदेश २ ले समुह ” ए ” को उप बिजेता प्रदेश ३ को सामना गर्नेछ ।


आज त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ३ ले टस जितेर सुरुमा ब्याटिंङ्ग गर्दै २७.५ ओवरमा अलआउट हुदै १ सय ३१ रनको योगफल खडा गरेको थियो । प्रदेश ३ का लागि क्रिस कार्कीले सर्बाधिक ४६ रनको पारी खेले । ४४ बलको सामना गरेका उनले ६ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै सम्राट भुषालले २७ तथा विपिन बिक्रम शाहीले १६ रन बनाउनु बाहेक अन्य खेलाडिहरु चल्न नसक्दा टिमले मध्यम स्कोर खडा गरेको थियो ।

बलिङ्ग तर्फ सुदूरपश्चिम प्रदेशका संदेश भट्ट र आशिष भट्टले समान ३/३ विकेट लिएका थिए । यस्तै वरलिन गिरीले २ तथा गोबिन्द विष्ट र सचिन बदायाकले समान १/१ विकेट लिएका थिए ।

यसपछि प्रदेश ३ ले प्रस्तुत गरेको १ सय ३२ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले २६.२ ओवरमा मात्र २ विकेट गुमाएर भेटायो । सुदूरपश्चिम प्रदेशको जितमा खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका सुवाश ऎरले अर्धसतकिय ६१ रनको पारि खेल्दै टिमलाई महत्वपुर्ण खेलमा जित दिलाउन ठुलो भूमिका निर्बाह गरे । अविजित रहेका उनले ४ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

टिमले सुरुवात देखिनै निकै राम्रो प्रदशन गरेको थियो । पहिलो बिकेटका रुपमा अरुण महरालाई ३६ रनमा गुमाएको भएपनि उनि र सुबाश बिच पहिलो विकेटका लागि ८१ रनको साझेदारी हुन् पुगेको थियो ।

यस्तै टिमका लागि दलाल ऐरले १० तथा संदेश भट्टले १५ रनको योगदान दिएका थिए ।

बलिङ्गमा प्रदेश ३ का तिलक भण्डारी र दिपक बोहराले समान १/१ विकेट लिएका थिए ।

यता प्रतियोगिताको फाईनल आउदो मङ्गगल बार हुनेछ । प्रतियोगिताको बिजेता टिमले नगद रु. २ लाख ५० हजार सङ्गै सोही बराबरको खेल सामाग्री, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेताले भने नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयमान खेलाडीलाई खेलकुद सामाग्री, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *