
अन्तिम बलमा निर्धारण भएको खेलमा प्रदेश ५ लाई पराजित गर्दै प्रदेश १ सेमिफाईनल प्रबेश
बैशाख २१ , अनलाईन खेलखबर || अन्तिम बलले निर्धारण गरेको खेलमा प्रदेश १ ले प्रदेश ५ माथि रोमाञ्चक १ विकेटको जित हासिल गर्दै प्रदेश १ काठमाण्डौमा जारी अन्तर प्रदेश यु – सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।
समुह ” बि ” मा रहेको प्रदेश १ ले महत्वपुर्ण खेलमा प्रदेश ५ माथि शनसनीपूर्ण जित हासिल गर्दै प्रदेश १ प्रतियोगिताको सेमिफाईनल पुगेको हो । यसअघि प्रदेश १ , २ सँग बर्षाले प्रभावित भएको खेलमा अंक बाढेको थियो ।
आज सनिवार त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ५ ले टस जितेर पहिले ब्याटिंङ्ग गर्ने निर्णय गर्दै २८ ओवरमा अलआउट हुदैँ १ सय २५ रनको योगफल खडा गरेको थियो ।
प्रदेश ५ का लागि प्रकाश गिरीले सर्बाधिक ५८ रनको पारी खेलेका थिए । यस्तै अभिषेक गौतमले २१ रन बनाए भने बाकि खेलाडीहरुको निराशाजनक प्रदशन रहेपछि टिम कम स्कोरमा रोकिएको थियो ।
बलिङ्ग तर्फ प्रदेश १ का लागि विपिन महतोले ३ तथा समिर तिमल्सिनाले २ विकेट लिए । यस्तै सिमरन राई , अभिषेक बराल र सरवन किशुले समान १/१ विकेट लिएका थिए ।
यसपछि प्रदेश ५ ले दिएको १ सय २६ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश १ ले उक्त लक्ष्य अन्तिम बलमा , अन्तिम विकेटको अबस्थामा भेटायो । निकै रोमाञ्चक बनेको खेलमा प्रदेश १ लाई अन्तिम ओवरमा जितका लागि ६ रनको आबस्यक रहेको थियो । बलिङ्गमा बिशाल बिक्रम केसी थिए । उनले सो ओवरमा निकै राम्रो गर्दै ईनिङ्गलाई अन्तिम बल सम्म पुर्याए । अन्तिम बलमा प्रदेश १ लाई जितका लागि ४ रन रहेको तर सोहि अबस्थामा प्रदेश १ का सरवनले छक्का प्रहार गर्दै खेलनै जिताई दिए ।
यसअघि टिमका लागि आईस्टान रिजालले ४० तथा सुमन सुन्दासले ४१ र सिमरन राईले १० रन बनाएका थिए ।
बलिङ्ग तर्फ प्रदेश ५ का लागि रमेश कुर्मीले २ तथा अभिषेक गौतमले ३ विकेट लिएका थिए ।
अब समूह ‘बि ‘ मा अन्तिम खेल प्रदेश २ र ५ बिचको रहेको छ । जुन खेल भोलि आईतबार हुनेछ । यो खेलको विजेता टोलि सेमिफाईनल पुग्नेछ ।