
नेपाली क्रीकेट समर्थक समाजबाट महिला क्रीकेटर कबिता कुँवर सम्मानित
बैशाख २१ , अनलाईन खेलखबर || नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) बाट नेपाली महिला क्रीकेटर कबिता कुँवर सम्मानित भएकी छिन ।
काठमाडौ स्थित नेपाल खेलकुद पत्रकार मन्चको हलमा आज सनिवार आयोजित सम्मान कार्यक्रममा उनिलाई नगद राशी सहित सम्मान गरिएको हो ।
कबिताले थाईल्यान्डमा सम्पन्न टी ट्वान्टी स्म्यास, आईसीसी विश्वकप छनोट र आठौँ राष्ट्रिय खेलकुदमा उनले राम्रो प्रद्शन गरेकी थिईन । यसको आधारमा उनलाई यो सम्मानले सम्मान गरिएको हो ।
संस्थाका तत्कालीन कोषाध्यक्ष रहेका स्वर्गीय प्रमोद ब्रजाचार्यले नेपाली क्रिकेटको लागि गर्नु भएको योगदानलाई सम्मान तथा उहाँको सम्झनामा एनसिएसएसले “स्व. प्रमोद बज्राचार्य एनसिएसएस राष्ट्रिय सेवा सम्मान” बाट नगद २५ हजार नगद सहित नेपाली महिला उदयमान क्रीकेट खेलाडी कबिता कुवरलाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाली महिला टोलिका मुख्य प्रशिक्षक बिनोद दास , क्रीकेट समर्थक समाज ( एनसिएसएस ) का प्रदाधिकारी , स्वर्गीय ब्रजचार्यका आफन्तजनहरु तथा समर्थक र खेलपत्रकार हरुको सहभागिता रहेको थियो । सम्मान कार्यक्रम संस्थाका सचीव नारायण पराजुलीले सन्चालन गरेका थिए ।