onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आईपिएल आज बाट सुरु हुँदै : आईपिएल उद्घाटनमा ऋतिक, वरुण , प्रभुदेवा , ज्याकलिन को प्रस्तुति रहने ।।

चैत्र २४ , अनलाईन खेलखबर || आज सनिवार देखि क्रीकेट जगतकै सबैभन्दा ठूलो सफल ब्याबसाहिक लिगँ ईन्डियन पृमियर लिग ( आईपिएल ) को ११ औं संस्करण सुरु हुदैछ ।।

जस मा आज उद्द्गाटन समारोह मा बलिउड का सुपर स्टार ऋतिक रोशन, युवा का ढुकढुकि वरुण धवन र डान्स का माइकल जैक्सन भनेर उपमा पाएका प्रभुदेवा शनिवार को आईपीएल ११ को उद्घाटन समारोह मा आफ्नो प्रस्तुति बाट सबैलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम तय गरिएको छ । निकै नै भब्य रुपमा आईपिएल को सुरुवात गर्न लागिएको छ ।

आईपीएल मा सुरुवात आज डिफेन्डिङ च्याम्पियन मुंबई इंडियंस र दुई बर्ष पछि फेरि फर्किएको चेन्नई सुपर किंग्स बिच खेल हुँदै प्रतियोगिता को सुरु हुनेछ ।

वानखेड़े रंगशाला मुम्बई मा हुने आईपिएल को उद्द्घाटन खेल अगि मनोरञ्जन का कार्यक्रम हुनेछ्न । उद्घाटन समारोह साझ करिव भारतिय समय अनुसार ६:१५ बजे देखि सुरु हुनेछ । जस मा बलियुड र क्रिकेट बिच रमाईलो बाताबरण बन्नेछ । यसका लागि ऋतिक रोशन, वरुण धवन र प्रभुदेवा ले दर्शक हरु लाई मनोरञ्जन दिदै आईपिएल को यस सस्करण को सुरुवात हुनेछ ।

यसका साथ साथै गायक मीका सिंह ले पनि आफ्नो चर्चित गित को माध्यम बाट अझै माहोल लाई सुरिलो बनाउने छ्न । यस्तै समारोह मा ग्लैमर तड़का पनि लाग्नेछ जसका लागि ज्याकलीन फर्नांडीज र तमन्ना भाटिया तयार रहेका छ्न ।।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *