onlinekhelkhabar.com

Complete website for Nepali Sports News

तेस्रो दिनको पहिलो खेल बर्षाले प्रभावित : प्रदेश १ र २ अकं बाढन बाध्य

बैशाख २० , अनलाईन खेलखबर || मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा जारि अन्तर प्रदेश यु – सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल बर्षाले प्रभावित गरेपछी रद्द भएको छ ।

समूह ” बि ” अन्तर्गतको प्रदेश १ र २ बिचको खेल बर्षाले प्रभावित गरेपछी खेल रद्द भएको छ । र दुबै टिमले १/१ अंक बाढेका छ्न ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा भएको दिनको पहिलो खेलमा प्रदेश २ ले ट्स जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित ३० ओवर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ८८ रनको योगफल खडा गरेको थियो ।

प्रदेश २ का लागि रोहन बिक र प्रशुराम यादबले अर्धसतकिय पारी खेलेपछी प्रदेश २ ले प्रतियोगिताको हाल सम्मकै सबैभन्दा ठूलो स्कोर बनाउन सफल भएको थियो ।

रोहनले ५७ बलको सामना गर्दै ५ चौका र ४ छ्क्काको मद्दतमा ६२ रनको पारी खेलेका थिए । जुन ईनिङको सर्बाधिक ठूलो ब्यक्तिगत स्कोर हो । यस्तै प्रशुराम यादबले ४५ बलको सामना गर्दै ४ चौकाको मद्द्तमा ५१ रनको योगदान गरेका थिए ।

यस्तै टिमका लागि मेघराज मोहराले २९ तथा निरज यादबले १७ र ईमरान शेखले ३ रन बनाएका थिए ।

बलिङ तर्फ प्रदेश १ का लागि सिमरन राईले सर्बाधिक ३ विकेट लिए भने सोनु मन्डलले २ तथा बिपिन महतोले १ विकेट लिएका थिए ।

यसपछि प्रदेश २ ले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको प्रदेश १ , ११.५ ओवरमा ३ विकेटको क्षतिमा ३३ रन बनाएको अबस्थामा मैदानमा बर्षा हुन थालेपछि खेल रोकिएको थियो । यसपछि निर्धारित समय सम्म पानी नरोकिएपछि खेल अन्तत रद्द हुन पुगेको थियो ।

२४ गते सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहेको छ । जसलाई दुई समुहमा बिभाजन गरि प्रतियोगिता संचालन गरिएको छ । जस अन्तर्गत समुह ‘ए ‘ मा सुदूरपश्चिम प्रदेश
, गण्डकी प्रदेश , प्रदेश ३ र कर्णाली प्रदेश रहेको छ । भने समुह ‘ बि ” मा प्रदेश २,१,५ रहेका छन ।

प्रतियोगिताको बिजेता टिमले नगद रु. २ लाख ५० हजार सङ्गै सोही बराबरको खेल सामाग्री, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेताले भने नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयमान खेलाडीलाई खेलकुद सामाग्री, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *