गण्डकी फेरी पराजित : प्रदेश ७ को विजयी सुरुवात
बैशाख १९, अनलाईन खेलखबर ।। मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा जारि अन्तर प्रदेश यु – सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा प्रदेश ७ ले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।
खेलमा गण्डकी प्रदेशले प्रस्तुत गरेको ९१ रनको बिजयी लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गरेको प्रदेश ७ ले उक्त विजयि लक्ष्य २२.५ ओवरमा ६ विकेट गुमाएर भेटायो ।
प्रदेश ७ को जितमा सन्देश भट्टको ३८ तथा अनिल थापाले महत्वपुर्ण भूमिका निर्बाह गरे । सन्देशले ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा अविजित रहदै ३८ रनको पारी खेलेका थिए । ५२ बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै अनिल थापाले २३ रन बनाएपछि टिमले गण्डकी माथि जित हासिल गरेको हो ।
तर प्रदेश ७ को सुरुवात भने त्यति सन्तोषजनक भने हुन् सकेन । सुरुवाती ३ खेलाडीलाई टिमले सस्तैमा गुमाएको थियो । टिमको स्कोर १२ रन हुदाँ अरुण बोहरालाई १ रन , धिरेन्द्र ठाकुरलाई ३ तथा सुबाश एयरलाई पनि ४ रनमा गुमाएको थियो । तर पछि प्रदेश ७ ले खेलमा फर्किदै जित हासिल गरेको हो ।
बलिङ्ग तर्फ गण्डकी प्रदेशका लागि नितेश गिरीले ३ तथा आदित्य थापाले १ विकेट लिएका थिए ।
त्यस अघि त्रिवि अन्तराष्टिय क्रिकेट मैदान किर्तिपुरमा टस जितेर गण्डकी प्रदेशले पहिले ब्याटिंङ्ग गर्ने निर्णय गर्दै २०.५ ओवरमा अलआउट हुदैँ ९० रन मात्र बनाएको थियो ।
पहिलो विकेटका रुपमा अर्जुन कुमाललाई ११ रनमा गुमाएको गण्डकीले यसपछि पनि क्रमश सस्तैमा विकेट गुमाउदै गएको थियो । गण्डकीका लागि अभिषेक थापाले सर्बाधिक २९ रनको पारी खेलका थिए । ४८ बलको सामना गरेका उनले ३ चौका समेत प्रहार गरे । यस्तै रोशन कान्त सिग्देलले १४ तथा शरद तिवारीले १० रन बनाएका थिए ।
बलिङ्ग तर्फ प्रदेश ७ का लागि सचिन बडायकले ३ विकेट हात पारे उनि खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका थिए । ३.५ ओवर बलिङ्ग गरेका उनले १९ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै सुबाश एयरले पनि २ विकेट लिएका थिए । भने गोबिन्द विष्ट , आशिष भट्ट र अमृत रावलले समान १/१ विकेट लिएका थिए ।
जारी प्रतियोगितामा गण्डकी प्रदेशको यो लगातार दोस्रो हार हो । यसअघि गण्डकी प्रदेश ३ सँग ८ विकेटले पराजित भएको थियो । भने प्रदेश ७ ले प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
अब प्रतियोगितामा भोलि शुक्रबार पनि दुई खेल हुनेछ । पहिलो खेल बिहान साढे ८ बजेपछि प्रदेश १ र २ बिच हुनेछ । भने दोस्रो खेलमा प्रदेश ७ ले कर्णाली प्रदेशको समाना गर्नेछ ।