दिपक बोहराले उत्कृष्ट प्रदशन गरेपछि प्रदेश ३ को लगातार दोस्रो जित
बैशाख १९, अनलाईन खेलखबर ।। मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा जारि अन्तर प्रदेश यु – सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गरेको छ ।
खेलमा कर्णाली प्रदेशले प्रस्तुत गरेको ९७ रनको बिजयी लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गरेको प्रदेश ३ ले उक्त विजयि लक्ष्य ११.१ ओवरमा मात्र २ विकेट गुमाएर भेटायो ।
टिमको स्कोर ८ रन हुँदा पहिलो विकेटका रुपमा बिपिन बिक्रम शाहीलाई ब्यक्तिगत २ रनमा गुमाएको अवस्थामा यसपछि टिमले दोस्रो विकेटका लागि ६१ रनको साझेदारी हुन पुगेको थियो । दिपक बोहरा र आईश भट्टराईले उक्त साझेदारी गरेका थिए ।
दिपकले ३५ रन बनाएका थिए । २४ बलको सामना गरेका उनले ७ चौका समेत प्रहार गरे ।यस्तै आईश भट्टराईले अबिजित रह्दै ३१ रनको योगदान गरेका थिए । यस्तै अभिषेक उपाध्यायले पनि अबिजित रह्दै १५ रन बनाए ।
बलिङ तर्फ कर्णाली प्रदेशका लागि सुमित माझी र रितिक जङ्ग शाहले समान १/१ बिकेट लिएका थिए ।
त्यस अघि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो खेलमा आज कर्णाली प्रदेशले सुरुमा ट्स जित्दै पहिले ब्याटिङ गर्ने क्रममा २३ ओवरमा अलआउट हुँदै ९६ रनको योगफल खडा गरेको थियो ।
कर्णालीका लागि बिपिन खत्रीले सर्बाधिक २५ रनको योगदान गरे । यस्तै दिलिप सुनवारले २४ रन तथा युनिश बिक्रम सिँहले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा टिम कम स्कोरमा रोकिएको थियो
।
कर्णालीलाई कम स्कोरमा रोक्न प्रदेश ३ का दिपक बोहराले ५ ओवर बलिङ गर्दै मात्र १२ रन खर्चिएर ५ विकेट लिएका थिए । यस्तै सिमान्त घिमिरेले पनि २ विकेट लिन सफल भएका थिए ।
खेलको प्लेयर अफ द म्याच अलराउन्डर प्रदशन गर्दै प्रदेश ३ लाई जित दिलाउन महत्वपूर्ण भुमिका निर्बाह गरेका दिपक बोहरा घोषित भए ।
२४ गते सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहेको छ । जसलाई दुई समुहमा बिभाजन गरि प्रतियोगिता संचालन गरिएको छ । जस अन्तर्गत समुह ‘ए ‘ मा प्रदेश ७ , गण्डकी , प्रदेश ३ र कर्णाली प्रदेश रहेको छ । भने समुह ‘ बि ” मा प्रदेश २,१,५ रहेका छन ।
समूह चरणका खेल बाट समूह बिजेता उप बिजेता सेमिफाइनल प्रवेश गर्नेछ्न ।
प्रतियोगिताको बिजेता टिमले नगद रु. २ लाख ५० हजार सङ्गै सोही बराबरको खेल सामाग्री, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेताले भने नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयमान खेलाडीलाई खेलकुद सामाग्री, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।
जारी प्रतियोगितामा प्रदेश ३ को यो लगातार दोस्रो जित हो । यसअघि प्रदेश ३ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।