दिल्लीको लज्जास्पद हार : दिल्ली अकंतालिकामा पहिलोबाट दोस्रोमा ओर्लियो
बैशाख १९ , अनलाईन खेलखबर ।। ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत गएराती सम्पन्न प्रतियोगिताको ५० औँ खेलमा सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटत्स चेन्नई सुपर किग्स सँग ८० रनले पराजित भएको छ ।
यो हार संगै दिल्ली पहिलो स्थानमा दोस्रो स्थानमा ओर्लिदा चेन्नई दोस्रो बाट पहिलो स्थानमा उक्लिएको छ । अब लिग चरणको अन्तिम खेल बाकि रहदा चेन्नई १३ खेलबाट ९ खेलमा जित र ४ मा पराजित हुदैँ १८ अंकसहित अहिले पहिलो स्थानमा रहेको छ । भने दिल्लीको समान खेलबाट ८ मा जित र ५ खेलमा हार सँगै १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
बुधवार राति भएको एकपक्ष भएको खेलमा चेन्नईले प्रस्तुत गरेको १ सय ७८ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंग गरेको दिल्ली निकै कमजोर प्रदशन गर्ने क्रममा १६.२ ओवरमा अलआउट हुदै ९९ रनमा सिमित हुन् पुगेको थियो ।
दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४४ तथा सिखर धवनले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले निकै निराशाजनक प्रदशन गरेपछि टिम मध्यम लक्ष्य पछ्याएको भएपनि चेन्नई सँग ठुलो हार ब्यहोर्न बाध्य भयो ।
बलिङ्ग तर्फ दिल्लीको ब्याटिंङ्ग ध्वस्त गराउने क्रममा ईमरान ताहिरले ३.२ ओवर बलिङ्ग गर्दै मात्र १२ रन खर्चिएर ४ विकेट लिए । यस्तै रबिन्द्र जडेजाले ३ तथा हरभजन सिह र दिपक चाहारले १/१ विकेट लिएका थिए ।
त्यस अघि चेन्नईको घरेलु मैदान एमए चिन्दरम स्टेडियमा भएको खेलमा पाहुना टोलि दिल्लीले टस जितेर पहिले चेन्नईलाई ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुरुप चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ७९ रनको योगफल खडा गरेको थियो ।
चेन्नईका लागि फाफ डु प्लेसिसले ४१ बलमा २ चौका र छक्का प्रहार गर्दै ३९ रन जोडे । भने सुरेश रैनाले अर्धसतकिय ५९ रनको योगदान गरे । ३७ बलको सामना गरेका उनले ८ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै रबिन्द्र जडेजाले २५ रन बनाउदा कप्तान महेन्द्र सिह धोनीले अविजित रहदै ४४ रनको पारी खेलेका थिए ।
बलिङ तर्फ दिल्लीका लागि दिल्लीका लागि जगदीश सुचितले २ बिकेट लिए भने क्रिस मोरिस र अक्षर पटेलले समान १/१ विकेट लिएका थिए ।