उद्घाटन खेलमा गण्डकी प्रदेशमाथि प्रदेश ३ को सहज जित

उद्घाटन खेलमा गण्डकी प्रदेशमाथि प्रदेश ३ को सहज जित

बैशाख १८ , अनलाईन खेलखबर ।। मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा आज बुधवार देखि सुरु भएको अन्तर प्रदेश यु – सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा आज गण्डकी प्रदेशले सुरुमा ट्स जित्दै पहिले ब्याटिङ गर्ने क्रममा २७. ५ ओवरमा अलआउट हुँदै ९९ रनको योगफल खडा गरेको थियो ।

गण्डकीका लागि अभिशेक थापाले सर्बाधिक २२ रनको योगदान गरे । यस्तै ओपनर ब्याट्सम्यान अर्जुन कुमालले १६ रन बनाएका थिए । ५० बलको सामना गरेका उनले १ चौकाको मद्द्तमा उक्त रन बनाएका थिए ।

यस्तै अर्का ओपनर सोहिल कुवरले ८ रन बनाए भने अनित बरालले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान दिन नसकेपछी टिमले मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

बलिङ तर्फ गण्डकी प्रदेशको ब्याटिङ ध्वस्त गराउने क्रममा अजय देव एक्लैले ६ बिकेट लिएका थिए । ५.५ ओवर बलिङ गरेका उनले २४ रन खर्चिएर ६ विकेट लिएका थिए ।

यस्तै सक्रिय कार्की , तिलक भन्डारी र कृष्ण कार्कीले समान १/१ विकेट लिएका थिए ।

यसपछि गण्डकी प्रदेशले प्रस्तुत गरेको १ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको प्रदेश ३ ले १६.५ ओवरमा मात्र २ विकेट गुमाएर भेटायो ।

प्रदेश ३ को सुरुवात भने राम्रो हुन पुगेको थिएन । ईनिङको पहिलो बलमै ओपनर ब्याट्सम्यान दिपक बोहरा आउट हुन पुगेका थिए । उनि लगत्तै विपिन बिक्रम शाहीलाई पनि टिमलाई १ रनमा गुमायो ।

यसपछि आईश भट्टराई र अभिषेक उपाध्यायले मिलेर टिमलाई सहज जित दिलाए । अबिजित रहेका दुबै ब्याट्सम्यानले टिमलाई प्रतियोगिता को पहिलो खेलमा जित हासिल गर्न मह्त्वपुर्ण भुमिका निर्बाह गर्ने क्रममा आईशले अर्धसतकिय पारी खेले । ५७ बलको सामना गरेका उनले ६ चौकाको मद्द्तमा ५९ रन बनाए । यस्तै अर्का खेलाडी अभिषेकले पनि ३५ रनको योगदान गरेपछि टिमले गण्डकी प्रदेशमाथी सहज जित हासिल गर्न सफल भयो ।

यता प्रतियोगिताको उद्घाटन सम्माननीय उप-राष्टपति नन्दबहादुर पुनले गरेका थिए । उनले ब्याटिंङ्ग गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । अर्का अथिति नेकपाका नेता घनश्याम भुषालको बलमा उनि बोल्ड आउट समेत भएका थिए । यस्तै सो उद्घाटन खेलमा राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट , नेपाली राष्टिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत जमटा लगायतको उपस्थिति रहेको थियो ।

अब प्रतियोगिता अन्तर्गत बिहिवार २ खेल हुदैछ । बिहान साढे ८ बजेपछि हुने पहिलो खेलमा कर्णाली प्रदेशले प्रदेश ३ को सामना गर्नेछ । भने दोस्रो खेलमा गण्डकीले प्रदेश ७ को सामना गर्नेछ । यो खेल दिउसो सवा १ बजेपछि हुनेछ ।

२४ गते सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहने छ । जसलाई दुई समुहमा बिभाजन गरि प्रतियोगिता संचालन गरिएको छ । जस अन्तर्गत समुह ‘ए ‘ मा प्रदेश ७ , गण्डकी , प्रदेश ३ र कर्णाली प्रदेश रहेको छ । भने समुह ‘ बि ” मा प्रदेश २,१,५ रहेका छन ।

प्रतियोगिताको बिजेता टिमले नगद रु. २ लाख ५० हजार सङ्गै सोही बराबरको खेल सामाग्री, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेताले भने नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयमान खेलाडीलाई खेलकुद सामाग्री, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *