आज दिल्लीले बलियो चेन्नई सँग खेल्दै : सन्दिप टिममा पर्ने सम्भावना उच्च
बैशाख १८ ,अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा चर्चित तथा ठुलो क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत आज नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले आफ्नो १३ औँ खेलमा महेन्द्र सिह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किग्सको सामना गर्नेछ ।
खेल नेपालि समय अनुसार राति सवा ८ बजेपछि चेन्नईको घरेलु मैदान एमए चिदंबरम स्टेडियम चेन्नईमा हुनेछ । प्रतियोगितामा दिल्ली र चेन्नई बिच दोस्रो पटक भेट हुदैछ । यसअघि लिगको पहिलो भेटमा दिल्ली चेन्नई सँग ६ विकेटले पराजित भएको थियो ।
७ बर्षपछी प्रतियोगिताको प्ले अफ पुगिसकेको दिल्लीले प्रतियोगितामा १२ खेल खेल्दै ८ मा जित र ४ खेलमा हार व्यहोर्दै १६ अंकसहित अकतालिकामाको पहिलो स्थानमा स्थानमा रहेको छ । भने चेन्नई पनि समान १२ खेल बाट ८ मा जित र ४ मा हार व्यहोर्दै १६ अंकसहित अहिले अकतालिकामा दोस्रो स्थानमा रहेको छ । दिल्ली र चेन्नई बिचको अंक समान भएपनि नेट रनरेटमा चेन्नई पछि रहदै दोस्रो स्थानमा रहेको छ । दिल्ली प्ले अफ पुग्दा चेन्नई पनि प्ले अफमा स्थान बनाउन सफल भएको छ ।
अब यी दुई टिमले लिग चरणमा अब १/१ खेल खेल्न बाकि रहेको छ । दिल्लीले लिगको अन्तिम खेलमा आउदो सनिवार राजस्थान सँग खेल्नेछ । भने चेन्नईले आईतबार पन्जाव सँग खेल्न बाकि रहेको छ ।
यस्तोमा दुवै टिम आज स्पष्ट जितको खोजीमा हुनेछ ।
दिल्लीले पहिलो खेलमा मुम्बई ईण्डियन लाई ३७ रनले पराजित गर्दै प्रतियोगिताको सुरुवात राम्रो तरिकाले गरेको थियो । दोस्रो खेलमा भने चेन्नई संग दिल्ली ६ विकेटले पराजित हुन् पुग्यो । तेस्रो खेलमा कोलकतालाई सुपर ओवरमा ३ रनले जित हासिल गर्यो भने चौथो खेलमा दिल्ली पंजाव संग १४ रनले पराजित हुन् पुग्यो ।
यसपछि पाचौ खेलमा हैदराबाद संग ५ विकेटले पराजित हुन् पुग्दा छठौ खेलमा दिल्लीले बैंगलोरलाई ४ विकेटले पराजित गरेको थियो । सातौ खेलमा कोलकतालाई ७ विकेटले दिल्लीले पराजित गरेको थियो भने दिल्लीले आफ्नो आठौ खेलमा हैदराबादलाई ३९ रनले पराजित गरेको थियो । दिल्लीले आफ्नो नबौं खेलमा मुम्बई ईण्डियन सँग ४० रनले पराजित हुन् पुगेको थियो । भने १० औँ खेलमा दिल्लीले पंजावलाई ५ विकेटले पराजित गरेको थियो । ११ औँ खेलमा राजस्थानलाई ६ विकेटले पराजित गरेको थियो । भने अघिल्लो खेलमा दिल्लीले बैंगलोरलाई १६ रनले पराजित गरेको थियो ।
यता चेन्नई अघिल्लो खेलमा मुम्बई ईण्डियन सँग ४६ रनले पराजित भएको थियो ।
यता दिल्लीमा नेपालका शान सन्दिप लामिछानेलाई आजको खेलमा दिल्लीले स्थान दिन्छ या दिदैन त्यो हेर्न बाकि रहेको छ । आज चेन्नईको घरेलु मैदानमा हुने खेलमा दिल्लीले सन्दिपलाई अन्तिम ११ मा स्थान दिने सम्भावना प्रबल रहेको छ । मैदानको अबस्था र बिपक्षी टिमको अबस्था हेर्दा सम्भावना बढेर गएको छ । उनले जारी प्रतियोगितामा ६ खेलबाट आफ्नो विकेट सङ्गख्या ८ पुराएका छन ।