राजस्थान र बैंगलोर बिचको खेल रद्द : राजस्थानको प्ले अफ समिकरण अझै जिवितै

राजस्थान र बैंगलोर बिचको खेल रद्द : राजस्थानको प्ले अफ समिकरण अझै जिवितै

बैशाख १८ , अनलाईन खेलखबर ।। बर्षाले खेल प्रभावित गरेपछि गएराती रोयल च्यालेंजर्स र राजस्थान बिचको खेल रद्द भएको छ । प्रतियोगिताको ४९ औँ खेलमा बर्षाले रद्द गरेपछि दुवै टिमले १/१ अंक बाढे ।

लगातार पानि परेपछि खेल ढिला हुदैं पछि खेललाई ५ ओवरमा पछि छोट्याएर खेल सुरुवात गरेपनि पछि खेलको दोस्रो ईनिङ्गको ३.२ ओवरको बेला पुन : पानि पर्न थालेपछि खेल पूर्ण रुपमा रद्द हुन् पुगेको हो ।

बराबरी संगै राजस्थान अहिले पाचौ स्थानमा उक्लिएको छ । जसमा प्ले अफ समीकरण अझै जिवित रहेको छ । भने बैंगलोर प्रतियोगिताबाट बाहिरिने आधिकारिक रुपमा पहिलो टिम बनेको छ ।

बर्षाले प्रभावित गरेको खेलमा सुरुमा टस जितेर राजस्थानले बैंगलोरलाई पहिले ब्याटिंग गर्न निम्तो दिएको थियो । जसअनुसार बैंगलोरले निर्धारित ५ ओवरमा ७ विकेट गुमाएर ६२ रन बनाएको थियो ।

बैंगलोरका लागि बिराट कोहली र एबी डीविलियर्सले सुरुवात राम्रो गरेका थिए । पहिलो ओवरमै टिमका लागि २३ रन जोडे । १.४ ओवरमा टिमको स्कोर ३५ रन हुदाँ बिराट कोहली २५ रन बनाएर आउट हुन् पुगे । मात्र ७ बल खेलेका उनले जसमा १ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै बिराट आउट भएको अर्को बलमा एवी डीविलियर्स १० रन बनाएर आउट हुन् पुगे । उनि आउट भएपछी अर्को बलमा मार्कस स्टोइनिस पनि सुन्य रनमा आउट भएपछी श्रेयस गोपालले लगातार ३ विकेट लिदै हैट्रिक लिए । यस्तै गुरकीरत सिंह मानले ६ रन तथा पार्थिव पटेलले ८ रन बनाए ।

बलिङ्ग तर्फ राजस्थानका लागि श्रेयस गोपालले सर्बाधिक ३ विकेट लिए भने ओशेन थॉमसले २ तथा रियान पराग र जयदेव उनादकटले समान १/१ विकेट लिएका थिए ।

यसपछि बैंगलोरले दिएको ६३ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको राजस्थान ३.२ ओवरमा १ विकेट गुमाएर ४१ रन बनाउदै गर्दा मैदानमा पुन बर्षा हुन् थालेपछि खेल अन्तत रद्दनै हुन् पुग्यो ।

यस्तै प्रतियोगिता अन्तर्गत आज बुधवार नेपालका युवा खेलाडी सन्दीप् लामिछानेको टिम दिल्लीले चेन्नई सुपर किग्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति सवा ८ बजेपछि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *