राजस्थान र बैंगलोरको खेल आज : बैंगलोरले खेल जितेमा राजस्थान पनि प्रतियोगिताबाट बाहिरिने
बैशाख १७ ,अनलाईन खेलखबर ।। विश्वको सबैभन्दा ठुलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग अन्तर्गत अहिले यस सस्करणको लिग चरण का खेलहरु अन्तिम – अन्तिम चरणमा पुगेको छ । कुल ८ टिमको सहभागिता रहने आईपिएलमा लिग चरणका उत्कृष्ट ४ टिम दोस्रो चरण अर्थात प्ले अफ पुग्ने प्राबधान अनुसार अहिले प्ले अफ समिकरण रोचक बनिरहेको छ ।
नेपालका युवा खेलाडी सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्स प्ले अफ पुगी सक्दा चेन्नई सुपर किग्स पनि लगभग पुगिसकेको अबस्था छ । यस्तोमा बाकि स्थानका लागि दौड जारी रहेको छ । जसमा बिराट कोहलिको टिम रोयल च्यालेंजर्स बैंगलोरको बाहेक अन्य टिमहरुको सम्भावना जिवितै रहेको छ ।
बैंगलोर प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बन्दा अब बैंगलोरको खेलले गर्दा आफ्नो भन्दा पनि अरु टिमको नतिजालाई फेरबदल गर्न सक्नेछ । जस अन्तर्गत आज राति सवा ८ बजेपछि राजस्थान रोयल्स सँगको खेलमा बैंगलोरले जित हासिल गरेको खण्डमा प्रतियोगता बाट बाहिरिने अर्को टिम राजस्थान पनि हुनेछ ।
अहिले सबै टिमले समान १२/१२ खेल खेलिसकेका छन । जसमा पहिलो स्थानमा दिल्ली , दोस्रोमा चेन्नई र तेस्रोमा मुम्बई रहेको छ । भने कोलकता , पन्जाव र राजस्थानको समान १०/१० अंक भएपनि अहिले राजस्थान नेट रनरेटमा पछि पर्दै सातौ स्थानमा रहेको छ ।
यस्तोमा प्ले अफ सम्भावना जिवित राख्न राजस्थानलाई आज हुने बैंगलोरको बिरुद्दमा स्पष्ट जित हासिल गर्नुपर्ने हुन्छ । र यो खेलपछि राजस्थानले आफ्नो अन्तिम खेलमा दिल्लीलाई हराएको खण्डमा तथा कोलकता र पन्जाव एक खेलमा पराजित भएमा पनि राजस्थान प्ले अफ पुग्नेछ । यदि यी दुई टिमले आफ्नो बाकि सबै खेल जिते भने नेट रनरेटले भाग्य निर्धारण गर्नेछ ।
अब पंजावले चेन्नई र कोलकता सँग खेल्न बाकि रहेको छ भने कोककता मुम्बई र पन्जाव सँग खेल्न बाकि रहेको छ ।
यता बैंगलोर र राजस्थान बिच प्रतियोगितामा यो दोस्रो भेट हो । यसअघिको भेटमा बैंगलोर राजस्थान सँग ७ विकेटले पराजित भएको थियो । सन् २०१५ मे १५ पछि बैंगलोरले राजस्थानमाथि जित हासिल गरेको छैन । खेल आज रोचक बन्ने अपेक्षा गरिएको छ ।
टिम : राजस्थान रोयल्स : अजिंक्य रहाणे (कप्तान), कृष्णप्पा गौतम, संजू सैमसन, श्रेयस गोपाल, आर्यमान बिड़ला, एस. मिधुन, प्रशांत चोपड़ा, स्टुअर्ट बिन्नी, राहुल त्रिपाठी, बेन स्टोक्स, स्टीव स्मिथ, जोस बटलर, जोफरा आर्चर, ईश सोढ़ी, धवल कुलकर्णी, महिपाल लोमरोर, जयदेव उनादकट, वरुण एरॉन, ओशेन थॉमस, शशांक सिंह, लियाम लिविंगस्टोन, शुभम रंजाने, मनन वोहरा, एश्टन टर्नर, रियान पराग।
रोयल च्यालेंजर्स बैंगलोर : विराट कोहली (कप्तान), पार्थिव पटेल, एबी डिविलियर्स, कॉलिन डी ग्रैंडहोम, उमेश यादव, युजवेंद्र चहल, मोइन अली, शिमरॉन हेटमायर, शिवम दुबे, मोहम्मद सिराज, नवदीप सैनी, देवदत्त पल्लीकल, हिम्मत सिंह, मिलिंद कुमार, गुरकीरत सिंह मान, हेनरिच क्लासेन, पवन नेगी, वॉशिंगटन सुंदर, अक्षदीप नाथ, प्रयास राय बर्मन, कुलवंत खेजरोलिया, टिम साउदी।