हैदराबाद प्ले अफ नजिक पुग्दा पन्जावलाई लाग्यो ठुलो झड्का

हैदराबाद प्ले अफ नजिक पुग्दा पन्जावलाई लाग्यो ठुलो झड्का

बैशाख १७ , अनलाईन खेलखबर ।। ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत गएराती सम्पन्न प्रतियोगिताको ४८ औं खेलमा सनराइजर्स हैदराबादले किंग्स ईलाभेन पंजाबलाई ४५ रनले पराजित गरेको छ ।

यो जितसगैं हैदराबादले प्ले अफ पुग्ने सम्भावना जिवितै राखेको छ । भने पन्जावलाई ठुलो झड्का लागेको छ । बर्तमान अबस्थामा हैदराबाद १२ खेलमा ६ खेलमा जित र समान ६ खेलमा हार व्यहोर्दै १२ अंकसहित अंकतालिकाको चौथो स्थानमा रहेको छ । भने पंजाव १२ खेलबाट् ५ खेलमा जित र ७ खेलमा पराजित हुदैँ १० अंकको साथमा छ्ठौ स्थानमा रहेको छ ।

खेलमा हैदराबादले दिएको २ सय १३ रनको बिशाल लक्ष्य पछ्याउदै जवाफि ब्याटिंङ्ग गरेको पन्जाव निर्धारित २० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ६७ रनमा सिमित भएपछी खेल हैदराबादले आफ्नो पक्षमा सहज तरिकाले पार्न सफल भयो ।

बिशाल लक्ष्य पछ्याएको पन्जावले सलामी ब्याट्सम्यान क्रिस गेललाई २ रन हुदाँ २.१ ओवरमा गुमाएको थियो । यसपछि दोस्रो विकेटका लागि
मयंक अग्रवाल र लोकेश राहुल बिच ६० रनको साझेदारी भएपनि यी दुईले धेरै बल खर्चिए । यसको प्रतक्ष्य प्रभाव मध्यक्रमका खेलाडीलाई परेको थियो । अग्रवालले २७ रन बनाए ।

यस्तै ईनिङ्गको सर्बाधिक धेरै रन लोकेश राहुलले प्रहार गरेका थिए । ५६ बलको सामना गरेका उनले ४ चौका र ५ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै मध्यक्रममा निकोलस पूरणले २१ रन र डेविड मिलरले ११ रन बनाए ।

बलिङ्ग तर्फ हैदराबादको लागि सन्दिप शर्मा र खलिल अहमदले समान ३/३ विकेट लिए भने रासिद खानले पनि २ विकेट लिएका थिए ।

यसअघि हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तराष्टिय रंङ्गशालामा भएको खेलमा हैदराबादले टस हारेर पहिले ब्याटिंङ्ग गरेको थियो । जसअनुरुप निर्धारित २० ओवर पुरै खेल्दै ६ विकेटको क्षतिमा २ सय १२ रनको बिशाल योगफल खडा गरेको थियो ।

सुरुवाती अबस्था देखिनै हैदराबादले राम्रो ब्याटिंङ्ग गर्यो । पहिलो विकेटका लागि ओपनर ब्याट्सम्यान डेविट वार्नर र रिद्धिमान साहाले बिस्पोटक पारि खेल्दै टिमलाई ठोस सुरुवात गर्दै ७८ रनको ओपनिंङ्ग साझेदारी गरेका थिए । टिमको स्कोर ७८ रन ६.२ ओवरमा हुदाँ शाहा व्यक्तिगत २८ रन बनाएर पभेलियन फर्किएका थिए ।

यसपछि पनि हैदराबादले अर्को राम्रो साझेदारी गर्दै टिमलाई ठुलो योगफल तर्फ अग्रसर गरायो । वार्नर र मनिष पाण्डेय बिच ८२ रनको साझेदारी हुन् पुग्यो । १५.३ ओवर सम्म ईनिङ्गलाई लिएर गएका थिए । जसमा दोस्रो विकेटका रुपमा मनिष ३६ रन बनाएर आउट हुन् पुगे ।

यसपछि खेलका नायक डेविट बार्नर जो आईपिएलमा यो उनको अन्तिम खेल हो । अब उनि स्वदेश फर्किए आउदो विश्वकपको तयारिमा जुटने छन । उनले ८१ रनको महत्वपूर्ण पारी खेले । ३६ बलको सामना गरेका उनले ७ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि मोहम्मद नावीले २० तथा केन विलियमसनले १४ रन बनाएका थिए ।

बलिङ्ग तर्फ पन्जावका मोहम्मद शामी र रविचंद्रन अश्विनले २/२ विकेट लिए साथै मुरुगन अश्विन र अर्शदीप सिंहले १/१ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *