onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिल्ली आईपिएलको प्ले अफमा पुग्न सफल

बैशाख १५ ,अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा चर्चित तथा ठुलो क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत आईतबार भएको पहिलो खेलमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले बिराट कोहलिको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बैंगलोरको लाई १६ रनले पराजित गरेको छ ।

यो जित संगै दिल्ली लामो समयको अन्तराल पछि आईपिएलको प्ले अफमा स्थान पक्का गर्न सफल भएको छ । यता पराजित बैंगलोर प्रतियोगिता बाट बाहिरिने पहिलो टिम बनेको छ ।

आज भएको निकै महत्वपुर्ण खेलमा दिल्लीले दिएको १ सय ८८ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरिरहेको बैंगलोरले निर्धारित २० ओवर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ७१ रनमा सिमित भएपछी नतिजा दिल्लीले आफ्नो पक्षमा पार्न सफल भयो ।

बैंगलोरका लागि प्राथिव पटेलले ३९ , बिराट कोहलीले २३ तथा एबी डिविलियर्सले १७ रनको योगदान गरे । यस्तै शिवम दूबेले २४ रन बनाएर आउट हुन् पुगे । यस्तै अन्त्यतिर गुरकीरत सिंह मानले २७ रन जोडे भने मार्कस स्टोइनिसले अविजित रहदै ३२ रन बनाएका थिए ।

बलिङ्ग तर्फ दिल्लीका लागि कगिसो रबाडा र अमित मिश्राले समान २/२ विकेट लिए भने र एक्सर पटेल , शेरफेन रदरफोर्ड, ईशान्त सर्माले पनि १/१ विकेट लिएका थिए ।

यता नेपालका युवा खेलाडि सन्दिपले ३ ओवर बलिङ्ग गर्दै विकेट बिहिन रहदै ३६ रन खर्चिए । उनले आफ्नो पहिलो तथा ईनिङ्गको तेस्रो ओवर बलिङ्ग गर्दै १५ रन खर्चिएका थिए । उक्त ओवरको पहिलो , दोस्रो र पाचौ बलमा पार्थिव पटेलले चौका प्रहार गरे । यस्तै बाकिको बलमा १ /१ रन खर्चिएका थिए । भने आफ्नो दोस्रो तथा टिमको १३ औ ओवरमा भने उनले केहि किफायती बलिङ्ग गरेका थिए । ११ रन खर्चिएका उनले उक्त ओवरमा लगातार ५ बलमा १/१ रन दिए भने अन्तिम बलमा छक्का खाएका थिए ।

यस्तै आफ्नो तेस्रो तथा ईनिङ्गको १६ औ ओवरमा उनले मात्र १० रन खर्चिएका थिए ।

यसअघि दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा भएको खेलमा टस जितेर दिल्लीले पहिले ब्याटिंङ्ग गर्ने निर्णय निर्धारित २० ओवर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल खडा गरेको थियो ।

आजको खेलमा दिल्लीले सुरुवात अबस्थामा आक्रामक ब्याटिंङ्ग गरेको थियो । पहिलो विकेटका लागि पृबि शालाई व्यक्तिगत १८ रनमा गुमाएको थियो । उनलाई गुमाउदा टिमले ३.३ ओवर भित्र ३५ रन बनाईसकेको थियो ।

यसपछि दिल्लीले शिखर धवन र कप्तान र अय्यर बिच ६८ रनको साझेदारी प्राप्त गर्यो । निकै राम्रो ब्याटिंङ्ग गर्दै टिमलाई ठोस सुरुवात दिलाएका शिखर धवन १२.२ ओवरमा अर्धसतकिय ५० रनको योगदान गर्दै आउट भएका थिए । ३७ बलको सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

धवन पछि रिषभ पन्त ७ रन बनाएर आउट हुन् पुगे । उनि युजवेंद्र चहलको बलमा एलबीडब्ल्यूको सिकार भएका थिए ।

यसपछि टिमले चौथो विकेटका रुपमा टिमका कप्तान श्रेयस अय्यरलाई गुमायो । वाशिंगटन सुंदरको बलमा बिराट कोहलिको हात बाट क्याच आउट भएका उनले ३७ बलको सामना गर्दै २ चौका र ३ छक्काको मद्दतमा ५२ रनको पारी खेलेका थिए ।

यस्तै दिल्लीका लागि कॉलिन इनग्रामले ११ जोडे । शेरफेन रदरफोर्ड र एक्सर पटेल अत्यमा अविजित रहदै क्रमश : २८ र १६ रन बनाए ।

बलिङ्ग तर्फ बैंगलोरका लागि वाशिंगटन सुंदरले २ विकेट लिए भने युजवेंद्र चहल, उमेश यादब र नभदिप साईनिले समान १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्