
प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपालका बिशाल बिक्रम घोषित ( फोटोफिचर सहित )
बैशाख १५ ,अनलाईन खेलखबर ।। थाईल्याण्डमा भएको एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले उचालेको छ ।
आज आईतबार भएको फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपाल लगातार दोस्रो पटक प्रतियोगिताको च्याम्पियन बनेको हो । यसअघि नेपालले सन् २०१७ मा थाईल्याण्डमै भएको प्रतियोगितामा सिगापुर माथि ७१ रनले जित हासिल गर्दै उपाधि उचालेको थियो ।
प्रतियोगिताको फाईनल खेलमा नेपालले दिएको १ सय ४१ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको मलेसिया नेपाली बलर सामु निरिह साबित हुदाँ ३४.५ ओवरमा आफ्नो सबै विकेट गुमाएर मात्र ८१ रनमा सिमित भएपछी खेल नेपालले आफ्नो पक्षमा पारेको हो ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपालका कप्तान बिशाल बिक्रम केसी घोषित भएका छन । भने उत्कृष्ट बलर मलेसियाका सचिनु हेतेगेले घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान सिगापुरका गिरिन राहुल गुने चुनिए । यस्तै फाईनल खेलको प्लेयर अफ द म्याच नेपालका दिपक बोहरा घोषित भए ।
पुरा समाचार लागि नेपालले उचाल्यो एसीसी यु -सिक्टिनको उपाधी
अब हेर्नुहोस फाईनलका केहि तस्बिरहरु ( फोटो एसीसी / थाईल्याण्ड क्रिकेट )