नेपालले उचाल्यो एसीसी यु -सिक्टिनको उपाधी

नेपालले उचाल्यो एसीसी यु -सिक्टिनको उपाधी

बैशाख १५ ,अनलाईन खेलखबर ।। थाईल्याण्डमा भएको एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले उचालेको छ ।

आज आईतबार भएको फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपाल लगातार दोस्रो पटक प्रतियोगिताको च्याम्पियन बनेको हो । यसअघि नेपालले सन् २०१७ मा थाईल्याण्डमै भएको प्रतियोगितामा सिगापुर माथि ७१ रनले जित हासिल गर्दै उपाधि उचालेको थियो ।

प्रतियोगिताको फाईनल खेलमा नेपालले दिएको १ सय ४१ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको मलेसिया नेपाली बलर सामु निरिह साबित हुदाँ ३४.५ ओवरमा आफ्नो सबै विकेट गुमाएर मात्र ८१ रनमा सिमित भएपछी खेल नेपालले आफ्नो पक्षमा पारेको हो ।

मलेसियाको सुरुवाती अबस्था देखि नै खराब प्रदशन हुन् पुग्यो । त्यो अन्त्यसम्म जारि रहदा टिम नेपाल सँग निराश हुन् पुग्यो । २.१ ओवरमा टिमको स्कोर ९ रन हुदाँ मलेसियाले पहिलो विकेटका रुपमा किशन कुमार लाई सुन्यमा रनमा गुमाएको थियो । नेपाललाई पहिलो सफलता बिशाल कुमार पटेलले दिलाए । बिशालले नै लगातार दोस्रो विकेट लिने क्रममा सिर्दार्थ कार्तिक ४ रन बनाएर पभेलियन फर्किएका थिए । यस्तै तेस्रो बिकेट का रुपमा मोहम्मद आजाम १६ रन बनाउदै बिशाल द्रारा नै आउट हुन् पुगे ।

यसपछि दिपक बोहराले लोकमान नुर हाकिमलाई ५ रनमा आउट गराए । बोहराको बलमा नै मलेसियाले आफ्नो पाचौ विकेटका रुपमा वान अहमदलाई सुन्य रनमा गुमायो । उनि रन आउट हुन् पुगेका थिए ।

यसपछि मोहम्मद हाफिक अईमानले १८ रन बनाउनु बाहेक अन्य खेलाडिहरुले उलेख्य योगदान गर्न नसकेपछि टिम पराजित हुन् पुगेको हो ।

मलेसियाको ब्याटिंङ्ग ध्वस्त गर्ने क्रममा नेपालका बिशाल कुमार पटेलले सर्बाधिक ४ विकेट लिएका थिए । आफ्नो ७ ओवर बलिङ्ग गरेका उनले मात्र १८ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै दिपक बोहराले ३ तथा क्रिस कार्कीले १ विकेट लिएका थिए ।

यसअघि थाईल्याण्ड स्थित प्रेम इन्टरनेशनल स्कुलको खेल मैदानमा जारी खेलमा नेपालले टस जित्दै सुरुमा ब्याटिंग गर्दै निर्धारित ३५ ओवर पुरै खेल्दै ९ विकेट गुमाएर १ सय ४० रनको योगफल खडा गरेको थियो ।

नेपालले खेलमा पहिलो विकेटका रुपमा सुशान्त थापालाई व्यक्तिगत ५ रनमा गुमाएको थियो । २० बलको सामाना गरेका उनि अहमद अकमल अलिफ को बलमा मोहम्मद हफिजको हात बाट क्याच आउट हुन् पुगे । ५.५ ओवरमा टिमको स्कोर २२ रन हुदाँ सुशान्तलाई गुमाएको नेपालले थप ११ रन जोड्दा २ विकेट गुमाउदै टिम केहि असहज स्थितिमा पुगेको थियो ।

दोस्रो विकेटका रुपमा दिपक बोहरा २३ रन बनाएर आउट हुन् पुगे । १९ बलको सामना गरेका उनले २ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाए । यस्तै तेस्रो विकेटका रुपमा अर्का भरपर्दा ब्याट्सम्यान आईश भट्टराईलाई नेपालले सस्तैमा गुमायो । उनले मात्र २ रन बनाए ।

यसपछि नेपालले चौथो विकेटका लागि ३५ रनको साझेदारी पाईसकेपछि अहिले नेपाल केहि सहज स्थिति तर्फ अग्रसर भएको छ । कप्तान बिशाल बिक्रम केसी र प्रशान्त महत बिच उक्त साझेदारी भएको थियो । बिशाल १७ रन बनाएर आउट हुन् पुगे । यस्तै रोहन बिक ९ रनमा आउट हुदाँ बिशाल कुमार पटेलले पनि निराशाजनक प्रदशन गर्दै मात्र २ रनमा आउट भएका थिए ।

यस्तै नेपालका लागि प्रशान्त महतले ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा ४० रनको योगदान गरेका थिए । ६७ बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा उक्त रन बनाएका हुन् । यस्तै अत्य तिर निखिल कुमार सिहले १३ रन जोडे ।

बलिङ्ग तर्फ मलेसियाका लागि सचिनु हेतेगेले सर्बाधिक ३ विकेट लिए भने जिनेन्द्र मुरलीले २ तथा शर्वेन सुरेन्द्रन, अहमद अकमल अलिफ , मोहम्मद अमिरुल असरार्फ़ र सिदार्थ कार्तिकले समान १/१ विकेट लिएका थिए ।

कुल ८ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा नेपालले अपराजित रहदै उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो । सुरुवाति अबस्था देखिनै राम्रो र बलियो देखिएको नेपालले सोहि अनुरुप खेल्न सफल भयो । उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपालले आफ्नो लक्ष्यलाई अहिले पुर्णदिएको छ ।

अब हेर्नुहोस फाईनलका केहि तस्बिरहरु ( फोटो एसीसी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *