ज्ञानेन्द्र मल्ल को कप्तानी पारीको मद्दत ले रोमाञ्चक खेल मा काठमाडौ द्रारा बिराटनगर पराजित

ज्ञानेन्द्र मल्ल को कप्तानी पारीको मद्दत ले रोमाञ्चक खेल मा काठमाडौ द्रारा बिराटनगर पराजित

चैत्र २३ ,अनलाईन खेलखबर || धनगढि प्रिमियर लिग ( डिपिएल ) को आज सातौं दिनको बिराटनगर किग्सं र काठमाडौ गोल्डेन्स बिचको खेल मा काठमाडौ ५ विकेट ले बिजयी भएको छ ।

१ सय ६५ रनको बिशाल लक्ष्य पछ्याएको काठमाडौ ले उक्त लक्ष्य अन्तिम बल मा भेटायो । निकै नै रोमाञ्चक खेल मा नतिजा अन्तिम ओवर को अन्तिम बल ले निर्धारण गरेको थियो । काठमाडौ लाई जित दिलाउन ज्ञानेन्द्र मल्ल ले उत्कृष्ट कप्तानि पारी खेले उनले ४० बल सामना गर्दै अबिजित ६८ रन बनाएका थिए । साथै शनि पटेल ले पनि अबिजित २५ रनको योगदान टिम लाई दिएका थिए । यस्तै भुपेन्द्र थापा ले ३६ रन , पुष्प थापा ले २४ रन , भाटि ले १० रन र अमीत श्रेष्ठ ले ५ रन बनाएका थिए ।
निकै रोमाञ्चक बनेको खेल मा अन्तिम ओवर ले खेल मा रोमाञ्चक थपेको थियो । ब्याटिङ मा थिए ज्ञानेन्द्र मल्ल र शनि पटेल बलिगँ तर्फ राम नरेश गिरि काठमाडौ लाई जित्न का लागि अन्तिम ओवर मा ६ रन आबस्यक थियो , जसमा रामनरेश ले पहिलो बल डट फाले दोस्रो बल मा १ रन दिए , तेस्रो बल मा २ रन , चौथो बल मा २ रन दिए पाचौं बल डट फाले यसपछि काठमाडौ का लागि जित्नका लागि १ बल मा १ रन चाहिएको थियो । र अन्तिम बल मा ज्ञानेन्द्र मल्ल ले सानदार छ्क्का प्रहार गर्दै सनसनिपुर्ण जित दिलाए ।

बलिग तर्फ बिराटनगर का लागि वसन्त रेग्मी ले २ विकेट लिए , पवन सरार्फ , कमात र मन्जित श्रेष्ठ ले समान १/१ विकेट लिन सफल भए ।

यसअगि एसएसपि क्रीकेट मैदान मा टस जितेर बिराटनगर ले पहिले ब्याटिङ गरेको थियो । बिराटनगर का लागि हङकङ का खेलाडी बाबर हायत ले उत्कृष्ट पारी खेल्दा पुरै निर्धारित २० ओवर मा ८ विकेट गुमाएर १ सय ६४ रनको विशाल योगफल खडा गरेको थियो । आज ओपनरद्रय अनिल शाह ले १० रन बनाएर पवेलियन फर्किदा अर्का ओपनर दिलिप नाथ ले ३३ रनको पारी खेलेका थिए । उनले २७ बलको सामना गर्दै १ छ्क्का र ४ चौका को मद्दत ले उक्त स्कोर खडा गर्न सफल भएका हुन ।

यसपछि बिराटनगर लाई १६४ को योगफल तयार गर्न बाबर हायत ले आक्रमक पारि खेले उनले ३३ बलको सामना गर्दै ६७ रन बनाएका थिए । जसमा ७ छ्क्का र ३ चौका थियो । यस्तै वसन्त रेग्मी ले १० रन , पृथु बास्कोटा ले ११ रन , सौरभ खनाल ले ९ रन , पवन सरार्फ ले २ रन र कप्तान पारस खड्का ले अबिजित ८ रन बनाएका थिए ।

बलिग तर्फ काठमाडौ का लागि ललित राजबशि ले सर्बाधिक ३ विकेट लिए भने रासिद खान ले २ विकेट लिदाँ भाटी ले १ विकेट लिएका थिए ।

यो जित सगै काठमाडौ को लगातार चौथो जित हासिल गर्दै अंक तालिका को शिर्षस्थान मा ८ तालिका सहित प्ले अफ मा टिमलाई प्रबेश गराईसकेको छ भने काठमाडौ ले अब लिगँ चरण को अन्तिम खेल महेन्द्रनगर सगँ खेल्नेछ ।

भने पराजित बिराटनगर को ४ खेल बाट २ मा हार २ मा जित निकालेको छ ।

अब सनिवार प्रतियोगिता को लिग चरण का दुई खेल हुनेछ जसमा पहिलो खेल महेन्द्रनगर र सिवाईसी अत्तरिया बिच हुनेछ भने अर्को खेल धनगढि र रुपन्देही बिच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *