एसीसी यु -१६ फाईनल : नेपालद्रारा मलेसिया सामु मध्यम लक्ष्य प्रस्तुत

एसीसी यु -१६ फाईनल : नेपालद्रारा मलेसिया सामु मध्यम लक्ष्य प्रस्तुत

बैशाख १५ ,अनलाईन खेलखबर ।। थाईल्याण्डमा भईरहेको एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाईनल खेलमा नेपालले अहिले मलेसिया सामु मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

थाईल्याण्ड स्थित प्रेम इन्टरनेशनल स्कुलको खेल मैदानमा जारि खेलमा नेपालले टस जित्दै सुरुमा ब्याटिंग गर्दै निर्धारित ३५ ओवर पुरै खेल्दै ९ विकेट गुमाएर १ सय ४० रनको योगफल खडा गरेको छ ।

नेपालले खेलमा पहिलो विकेटका रुपमा सुशान्त थापालाई व्यक्तिगत ५ रनमा गुमाएको थियो । २० बलको सामाना गरेका उनि अहमद अकमल अलिफ को बलमा मोहम्मद हफिजको हात बाट क्याच आउट हुन् पुगे । ५.५ ओवरमा टिमको स्कोर २२ रन हुदाँ सुशान्तलाई गुमाएको नेपालले थप ११ रन जोड्दा २ विकेट गुमाउदै टिम केहि असहज स्थितिमा पुगेको थियो ।

दोस्रो विकेटका रुपमा दिपक बोहरा २३ रन बनाएर आउट हुन् पुगे । १९ बलको सामना गरेका उनले २ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाए । यस्तै तेस्रो विकेटका रुपमा अर्का भरपर्दा ब्याट्सम्यान आईश भट्टराईलाई नेपालले सस्तैमा गुमायो । उनले मात्र २ रन बनाए ।

यसपछि नेपालले चौथो विकेटका लागि ३५ रनको साझेदारी पाईसकेपछि अहिले नेपाल केहि सहज स्थिति तर्फ अग्रसर भएको छ । कप्तान बिशाल बिक्रम केसी र प्रशान्त महत बिच उक्त साझेदारी भएको थियो । बिशाल १७ रन बनाएर आउट हुन् पुगे । यस्तै रोहन बिक ९ रनमा आउट हुदाँ बिशाल कुमार पटेलले पनि निराशाजनक प्रदशन गर्दै मात्र २ रनमा आउट भएका थिए ।

यस्तै नेपालका लागि प्रशान्त महतले ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा ४० रनको योगदान गरेका थिए । ६७ बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा उक्त रन बनाएका हुन् । यस्तै अत्य तिर निखिल कुमार सिहले १३ रन जोडे ।

बलिङ्ग तर्फ मलेसियाका लागि सचिनु हेतेगेले सर्बाधिक ३ विकेट लिए भने जिनेन्द्र मुरलीले २ तथा शर्वेन सुरेन्द्रन, अहमद अकमल अलिफ , मोहम्मद अमिरुल असरार्फ़ र सिदार्थ कार्तिकले समान १/१ विकेट लिएका थिए ।

अब नेपालले दिएको १ सय ४१ रनको विजयी लक्ष्य पछ्याउदै मलेसियाले केहि बेरमा जवाफी ब्याटिंङ्ग गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *