एसीसी यु -१६ फाईनल : नेपालको सय रन पनि पुरा
बैशाख १५ ,अनलाईन खेलखबर ।। एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि नेपालले अहिले आफ्नो चिरप्रतिद्दंदी मलेसियाको सामना गरिरहेको अबस्था छ ।
थाईल्याण्ड स्थित प्रेम इन्टरनेशनल स्कुलको खेल मैदानमा जारि खेलमा नेपालले टस जित्दै सुरुमा ब्याटिंग गर्ने निर्णय गर्दै नेपालले अहिले यो समाचार तयार पार्दा सम्म २६. ४ ओवरको सामना गर्दै ६ विकेट गुमाएर १ सय ४ रन बनाईसकेको छ ।
नेपालले खेलमा पहिलो विकेटका रुपमा सुशान्त थापालाई व्यक्तिगत ५ रनमा गुमाएको थियो । २० बलको सामाना गरेका उनि अहमद अकमल अलिफ को बलमा मोहम्मद हफिजको हात बाट क्याच आउट हुन् पुगे । ५.५ ओवरमा टिमको स्कोर २२ रन हुदाँ सुशान्तलाई गुमाएको नेपालले थप ११ रन जोड्दा २ विकेट गुमाउदै टिम केहि असहज स्थितिमा पुगेको थियो ।
दोस्रो विकेटका रुपमा दिपक बोहरा २३ रन बनाएर आउट हुन् पुगे । १९ बलको सामना गरेका उनले २ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाए । यस्तै तेस्रो विकेटका रुपमा अर्का भरपर्दा ब्याट्सम्यान आईश भट्टराईलाई नेपालले सस्तैमा गुमायो । उनले मात्र २ रन बनाए ।
यसपछि नेपालले चौथो विकेटका लागि ३५ रनको साझेदारी पाईसकेपछि अहिले नेपाल केहि सहज स्थिति तर्फ अग्रसर भएको छ । कप्तान बिशाल बिक्रम केसी र प्रशान्त महत बिच उक्त साझेदारी भएको थियो । बिशाल १७ रन बनाएर आउट हुन् पुगे । यस्तै रोहन बिक ९ रनमा आउट हुदाँ बिशाल कुमार पटेलले पनि निराशाजनक प्रदशन गर्दै मात्र २ रनमा आउट भएका छन ।
अहिले मैदानमा टिमका प्रशान्त महत र क्रिस कार्कीले ब्याटिंङ्ग गरिरहेका छन । प्रशान्तले अहिले ४० रन बनाईसकेका छन ।