उपाधिका लागि आज नेपालले मलेसियाको सामना गर्दैं
बैशाख १५ , अनलाईन खेलखबर ।। थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपालले मलेसियाको सामना गर्दैछ ।
प्रतियोगिता अन्तर्गत सनिवार भएको सेमिफाईनल खेलमा नेपालले हङ्गकङ्गलाई ४ विकेटले पराजित गर्दै प्रतियोगिताको फाईनल प्रवेश गरेको हो । भने मलेसियाले सिगापुरलाई ५७ रनले पराजित गर्दै फाईनलमा नेपाल सँगको भेट पक्का गरेको हो ।
डिफेण्डिङ्ग च्याम्पियन समेत रहेको नेपाल आज हुने फाईनल खेलमा मलेसिया माथि हाबी हुने सम्भावना प्रबल रहेको छ । यसअघि एउटै समुहमा रहेका मलेसिया र नेपाल बिच समुह चरणमा भेट हुदां नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।
उक्त भेटमा मलेसियाले दिएको ९३ रनको सामान्य लक्ष्य पछ्याउदै जवाफी ब्याटिंग गर्ने क्रममा नेपालले सो लक्ष्य १३ ओवरमा मात्र २ विकेट गुमाएर भेटाएको थियो ।
यसअर्थमा मलेसिया समुह चरणको हारको बदला सँगै उपाधि आफ्नो नाममा लेखाउन लालाहित पक्कै हुनेछ । तर जारी प्रतियोगिताको प्रदशनलाई नियाल्दा मलेसिया भन्दा नेपाल धेरै राम्रो लयमा देखिएको छ । पछिल्लो खेलमा भने मलेसियाले केहि राम्रो पक्कै गर्दै फाईनल सम्मको यात्रा तय गरेको छ ।
मलेसिया नेपाल भन्दा केहि कमजोर देखिएपनि मलेसियालाई कम आंकलन गर्न भने सकिदैंन । मलेसियाले खेल जुन बेलामा उल्टाउने क्षमता राख्छ । यसअर्थमा थाईल्याण्ड स्थित प्रेम इन्टरनेशनल स्कुलको खेल मैदानमा आज बिहान सवा ९ बजेपछि हुने फाईनल खेलमा नेपालले मलेसिया बिरुद्द आफ्नो क्षमतामा पूर्ण बिस्वाश गर्दै आफ्नो लयलाई यथावत राख्दै उच्च मनोबलमा खेलेको खण्डमा मलेसियालाई पुन एकपटक यसै प्रतियोगितामा पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि लगातार दोस्रो पटक उचाल्ने छ ।
नेपालले यसअघि सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा सिंगापुरलाई पराजित गर्दै उपाधि उचालेको थियो ।