एकदिवसीय विश्वकप छनोटको समिकरण पुरा : यस्तो छ नेपालको सम्भावना !

एकदिवसीय विश्वकप छनोटको समिकरण पुरा : यस्तो छ नेपालको सम्भावना !

बैशाख १४ , अनलाईन खेलखबर || सन २०२३ मा भारतमा हुने एकदिवसीय बिश्वकपको छ्नोट प्रक्रियाको संरचना अनुरुप नेपालको बाटो आईसीसी लिग -२ को समिकरण पुरा भएको छ ।

नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगितामा उत्कृष्ट प्रदशन गर्दै नामिबिया, पपुवा न्युगिनी , ओमान र अमेरिकाले आईसीसी एकदिवसिय मान्यता प्राप्त गरे सँगै विश्वकपको छनोटका बाटोहरु खुलेका हुन् ।

यहि आउदो मे ३० बाट ईङ्ल्यान्ड र वेल्समा हुन गईरहेको एकदिवसिय बिश्वकप अघि कार्तिक महिनामा मै आईसीसीले त्यसपछिको भारतमा हुने बिश्वकपको बाटो तय गरेको थियो ।

जसअनुसार बिश्वकपमा अहिलेको अबस्था झै १० टिमले नै सहभागिता जनाउने छ्न तर अहिलेको र पछिको बिश्वकप सम्म पुग्ने बाटोमा आईसीसीले ठुलो परिवर्तन गरेको छ ।

आइसिसिको नया संरचना अनुसार बिश्वकपमा पुग्न कुल ५ बटा बाटो बनाएको छ । जसमा पहिलो आईसीसी सुपर लिग , दोस्रो आईसीसी लिग २ , तेस्रो आईसीसी च्यालेन्ज कप , त्यस्तै चौथो बिश्वकप क्वालिफायर प्ले अफ र अन्तिम बिश्वकप क्वालिफायर पारगर्नु पर्ने छ ।

छ्नोट प्रक्रियाको पहिलो आईसीसी सुपर लिगमा हाल रहेका १२ टेस्ट मान्यता प्राप्त राष्ट्र र नेदरल्याण्ड सहित कुल १३ रास्ट्रले सुपर लिग खेल्ने छन् । जसबाट उत्कृष्ट ८ टोलि सिधै बिश्वकपमा पुग्ने छ्न ।

यसपछि सुपर लिगका अन्तिम ५ टिम हरुले पुन अर्को बिश्वकप छ्नोट खेल्ने मौका पाउने छ्न ।

यस्तै आईसीसी लिग २ मा नेपाल, युएई र स्कटल्याण्ड सहित डिबिजन २ बाट भखरै आएका ओमान , अमेरिका , नामिबिया र पपुवा न्युगिनी गरि कुल ७ टिमले यो लिग खेल्नेछन । यहाँबाट उत्कृष्ट ३ टिम बिश्वकप छ्नोट खेल्नेछन । भने बाकी ४ टिम लाई बिश्वकप क्वालिफायर प्ले अफ खेल्ने पर्नेछ ।

यस्तै अर्को आईसीसी च्यालेन्ज कप रहेको छ । जहाँ विश्व क्रिकेट लिगका २१-३२ स्थानका १२ टिमहरु यो कप खेल्नेछन जहा बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, सिंगापुर, युगान्डा, भानुआटु, र कतारको सहभागिता रहने छ । च्यालेन्ज कपमा २ समूह बिभाजन गरिने छ । ६/६ बटा राष्टको २ समूहबाट समूह बिजेता बन्ने २ राष्ट ले बिश्वकप क्वालिफायर प्ले अफमा पुग्ने छ्न ।

प्ले अफ क्वालिफायरमा आईसिसी लिग २ का अन्तिम ४ टिमहरु , च्यालेन्ज कपबाट छानिएका २ टिम बिच गरि कुल ६ टिमले प्ले अफ खेल्ने छ्न । यहाँ बाट उत्कृष्ट २ टिमले बिश्वकप छ्नोट प्रतियोगिता खेल्नेछ्न ।

र अन्तिममा बिश्वकप क्वालिफायर रहेको छ । जसमा आईसीसी सुपर लिगका अन्तिम ५ टिम हरु , आईसीसी लिग २ का उत्कृष्ट ३ टिम र बिश्वकप क्वालिफायर प्ले अफ बाट आएका २ टिम गरि कुल १० टिमले बिश्वकप क्वालिफायर खेल्नेछन । जसबाट मात्र २ टोली ले बिश्वकप खेल्ने अबसर प्राप्त गर्नेछन ।

नेपालको बिश्वकपको बाटो यस्तो रहेको छ ।

पहिलोमा आईसीसी लिग २ खेल्नु पर्नेछ । नेपाल, युएई र स्कटल्याण्ड सहित डिबिजन २ बाट भखरै आएका ओमान , अमेरिका , नामिबिया र पपुवा न्युगिनी गरि कुल ७ टिमले यो लिग खेल्नेछन । जहाँ नेपालले २ बर्ष भित्र ३६ खेल खेल्नेछ । यहाँ बाट उत्कृष्ट ३ टिम बिश्वकप छ्नोट खेल्नेछन । भने बाकी ४ टिम लाई बिश्वकप क्वालिफायर प्ले अफ खेल्ने पर्नेछ ।

यदि नेपालले उत्कृष्ट ३ भित्र पर्न सके सिधै बिश्वकप छ्नोटमा स्थान बनाउने छ ।

तर उत्कृष्ट ३ भित्र नपरेमा फेरि अर्को मौका पाउने प्ले अफका लागि पाउने छ ।

प्ले अफमा प्ले अफ क्वालिफायर मा आईसिसी लिग २ का अन्तिम ४ टिमहरु , च्यालेन्ज कप बाट छानिएका २ टिम बिच गरि कुल ६ टिम ले प्ले अफ खेल्ने छ्न । यहाँ बाट उत्कृष्ट २ टिम ले बिश्वकप छ्नोट प्रतियोगिता खेल्नेछ्न ।

र अन्तिम भनेको बिश्वकप क्वालिफायर रहेको छ । जसमा आईसीसी सुपर लिगका अन्तिम ५ टिम हरु , आईसीसी लिग २ का उत्कृष्ट ३ टिम र बिश्वकप क्वालिफायर प्ले अफ बाट आएका २ टिम गरि कुल १० टिमले बिश्वकप क्वालिफायर खेल्नेछन । जसबाट मात्र २ टोली ले बिश्वकप खेल्ने अबसर प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *