हंगकङ्गलाई ४ विकेटले पराजित गर्दै नेपाल एसीसी यू-१६ इस्टर्न रिजनको फाईनल प्रवेश
बैशाख १४ , अनलाईन खेलखबर ।। आज सनिवार भएको खेलमा हंगकंङ्गमाथि ४ विकेटले जित हासिल गर्दै डिफेण्डिङ्ग च्याम्पियन नेपाल थाईल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।
प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा हंगकंगले प्रस्तुत गरेको ८७ रनको सामान्य लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको नेपालले उक्त बिजयी चुनौती २१.४ ओवरमा ६ विकेटको क्षतिमा भेटायो ।
खेलमा नेपालले मध्यम सुरुवात गर्ने क्रममा टिमको स्कोर २९ रन हुदाँ दुई ब्याट्सम्यानले सस्तैमा गुमाएको थियो । पहिलो विकेटका रुपमा दिपक बोहरा ११ रनमा र दोस्रो विकेटका रुपमा सुबाश एयर १० रन बनाएर आउट हुन् पुगेका थिए ।
यसपछि ईनिङ्गको १०.१ ओवरमा नेपालले तेस्रो विकेट गुमायो । व्यक्तिगत ७ रन बनाएर बिशाल बिक्रम केसी आउट हुन् पुगे । बिशाल आउट भएको लगत्तै आईश भट्टराई १७ रन बनाएर आउट हुन् पुगे । ४३ बलको सामना गरेका उनले २ चौका समेत प्रहार गर्दा रौनक कपुरको बलमा एलबिडब्लुको सिकार हुन् पुगेका थिए ।
सामान्य लक्ष्य पछ्याएको भएपनि हंगकङ्गका बलरको उत्कृष्ट बलिङ्गमा नेपाललाई जित सम्म पुग्न ठुलो मेहनतनै गर्नु पर्यो । टिमका लागि रोहन बिकले १४ रनको पारी खेले । यस्तै क्रिस कार्कीले अविजित रहदै १२ रनको योगदान गरेपछि टिम नेपाल बिजयी भएको हो ।
बलिङ्ग तर्फ हंगकङ्गका लागि बृज नारायण श्योपुरिले सर्बाधिक ३ विकेट हात पारे । भने आहान कनहाई त्रिभेदीले २ र रौनक कपुरले १ विकेट हात पारे ।
यसअघि थाईल्याण्ड स्थित प्रेम इन्टरनेशनल स्कुलको खेल मैदानमा भएको खेलमा टस जितेर हंगकंगले सुरुमा ब्याटिंङ्ग गर्ने निर्णय गर्दै ३२.२ ओवरमा सबै विकेट गुमाएर ८६ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।
सुरुवात अबस्था देखिनै खराब सुरुवात गरेको हंगकंगले टिमको स्कोर १ रन हुदां पहिलो ओवरको पाचौ बलमा जगराज सिहलाई हंगकङ्गले सुन्य रनमा गुमाएको थियो । नेपाललाई पहिलो सफलता बिशाल कुमार पटेलले दिलाएका थिए । यसपछि लगत्तै हंगकंगले अर्को विकेट गुमायो । लुकास १ रन बनाएर पभेलियन फर्किएका थिए । दोस्रो विकेट पनि बिशालले नै सफल भए ।
यसपछि ९.२ ओवरमा हंगकंगका बृज नारायण श्योपुरि व्यक्तिगत ८ रन बनाएर रमेश कुर्मिको बलमा भखरै आउट भएका छन । उनि आउट भएपछी अर्का ब्याट्सम्यान मोहम्मद अलियान जाहिर लगत्तै सुन्यरनमा निखिल कुमार सिहको बलमा आउट हुन् पुगे ।
नेपाली बलर सामु निरिह साबित हुदै गरेको हंगकंगले आफ्नो पाचौ विकेट १८.६ ओवरमा टिमको स्कोर ४९ रन हुदाँ रौनक कपुर लाई व्यक्तिगत ४ रनमा गुमाएको थियो । यस्तै ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा आरुष भागवातले ४३ रनको योगदान गरेपछि टिमले सम्मानजनक स्कोर बनाउन सफल भएको हो । यसबाहेक अने खेलाडीले भने सन्तोषजनक प्रदशन गर्न सकेनन् ।
बलिङ्ग तर्फ नेपालका लागि निखिल कुमार सिँहले सर्बाधिक ४ बिकेट लिए भने विशाल कुमार पटेल र रमेश कुर्मिले समान २/२ बिकेट लिए भने तिलकराज भन्डारिले १ बिकेट लिन सफल भए ।
अब नेपालले मलेसिया र सिगापुरको बिचको विजेता सँग भोली आईतबार फाईनलमा प्रतिष्पर्दा गर्नेछ ।
अब हेर्नुहोस आजको खेलका केहि तस्बिरहरु ( फोटो एसीसी )