आज नेपालले सेमिफाईनलमा कमजोर हंगकङ्गको सामना गर्दै
बैशाख १४ , अनलाईन खेलखबर ।। थाईल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको सेमिफाईनलमा नेपालले अबको केहि समयपछि कमजोर हंङ्गकङ्गको सामना गर्नेछ ।
थाईल्याण्ड स्थित प्रेम इन्टरनेशनल स्कुलको खेल मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजेपछि हुनेछ । समूह ” ए ” को समूह बिजेता बन्दै सेमिफाईनल पुगेको नेपालले समुह “बि”को उप- बिजेता हंङ्गकङ्गको सामना गर्न लागेको हो ।
समुह चरणमा नेपालले खेलेका ३ खेलमा २ खेलमा शत प्रतिशत जित निकालेको थियो । भने समुह चरणको अन्तिम खेलमा भने नेपालले आयोजक थाईल्याण्ड सँग पानिले प्रभावित गरेको खेलमा अंक बाढन बाध्य भएको थियो ।
खेलमा नेपालले दिएको २ सय ३५ रनको विशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्न मैदानमा उत्रिएको थाईल्यान्डको ईनिङ सुरु हुने क्रममा भारि पानी परेपछी खेल अन्त्तत प्रभावित हुन पुग्यो ।
पहिलो ओवरको ५ बलमा खाता खाेल्न नपाउँदै भारी बर्षा भएपछि खेल राेकिन पुगेको थियो ।त्यसपछि खेल हुन सम्भव नभएपछी म्याच अम्पायरले खेल रद्द भएकाे घाेषणा गरेका थिए । यसपछि दुबै टिमले १/१ बाढे । नेपालले ३ खेलमा ५ अंकका साथ समुह ‘ ए ‘ काे बिजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपाली अन्डर सिक्टिन टिम यसपटकको पनि प्रमुख दाबेदार र बलियो टिम हो । त्यसको संङ्गकेत् नेपालले देखाईरहेको अबस्था छ ।
थाईल्याण्ड बिरुद्द खेल्नुअघि नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गर्न सफल भएको थियो ।
यस्तै आज सनिवारनै प्रतियोगिताको अर्को सेमिफाईनल खेल पनि हुनेछ । जहाँ सिगापुरले मलेसियाको सामना गर्नेछ । कुल ८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भोलि आईतबार हुनेछ ।