चेन्नईलाई पराजित गर्दै मुम्बई पुग्यो प्ले अफ नजिक

चेन्नईलाई पराजित गर्दै मुम्बई पुग्यो प्ले अफ नजिक

बैशाख १३ , अनलाईन खेलखबर ।। विश्वको सबैभन्दा ठुलो तथा चर्चित क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबाए भएको प्रतियोगिताको ४४ औँ खेलमा मुम्बई ईण्डियनले चेन्नई सुपर किग्सलाई ४६ रनले पराजित गरेको छ ।

यो जित सँगै मुम्बई ईण्डियन अंकतालिकामा तेस्रो स्थानबाट दोस्रो स्थानमा रहेको छ । मुम्बई ११ खेलबाट ७ खेलमा जित र ४ खेलमा हार व्यहोर्दै १४ अंकसहित हाल दोस्रो स्थानमा रहेको छ । मुम्बई सँग पराजित भएपनि चेन्नई १२ खेलबाट ८ खेलमा जित र ४ खेलमा हार व्यहोर्दै १६ अंकसहित अंकतालिकामा पहिलो स्थानमा यथावत रहेको छ ।

खेलमा मुम्बईले दिएको १ सय ५६ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको चेन्नई १७.४ ओवरमा अलआउट हुदै १ सय ९ रनमा सिमित हुन् पुगेपछि टिम निराश हुन् पुग्यो ।

मध्यम लक्ष्य पछ्याएको भएपनि चेन्नईका लागि मुरली विजयीले ३८ रन, डिजे ब्राब्रोले २० र मिशेल सेंटनरले २२ रन बनाउनु बाहेक अन्य खेलाडिहरुले निराशाजनक प्रदशन गरेपछि टिम पराजित हुन् पुग्यो ।

बलिङ्ग तर्फ मुम्बईका लागी लसिथ मलिंगाले सर्बाधिक ४ विकेट लिए भने जसप्रित बुमराह र कुर्नाल पाण्डेयले समान २/२ विकेट हात पारे यस्तै अनकुल रोय र हार्दिक पाण्डेयको नाममा पनि १/१ विकेट रह्यो ।

यसअघि चेन्नईको घरेलु मैदान एम.ए. चिदंबरम स्टेडियममा जारी खेलमा चेन्नईले टस जितेर पाहुना टोलि मुम्बई ईण्डियनलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार निर्धारित २० ओवर पुरै खेल्दै ४ विकेटको क्षतिमा १ सय ५५ रनको योगफल खडा गरेको थियो ।

ओपनर ब्याट्सम्यान क्विंटन डी कॉकलाई टिमको स्कोर २४ रन हुदाँ ब्यक्तिगत १५ रनमा गुमाएको मुम्बईले दोस्रो विकेटका लागि रोहित शर्मा र एविन लुईस बिच ७५ रनको साझेदारी गरेपछि टिमले ठोस सुरुवात गरेको थियो ।

एविन लुईसले ३० बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ३२ रनको योगदान गरे । मिशेल सेंटनर बलमा उनि डिजे ब्राबोको हात बाट क्याच आउट हुन् पुगेका थिए ।

सुरुवाती अबस्थामा राम्रो सुरुवात गरेको मुम्बई १३.१ ओवरमा ३ विकेटको क्षतिमा १ सय १ रन बनाईसकेको भएपनि यसपछि चेन्नईका बलरहरु खेलमा राम्रो कमब्याक गरेपछि मुम्बईका खेलाडिहरु खुलेर खेल्न असफल भए ।

टिमका लागि कप्तान रोहित शर्माले सर्बाधिक ६७ रनको पारी खेले । ४८ बलको सामना गरेका उनले सोहि क्रममा ६ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाउन सफल भएका थिए । यस्तै अन्त्यमा हार्दिक पाण्डेय र किरण पोलाड़ले अविजित रहदै क्रमश : २३ तथा १३ रन बनाएपछी मुम्बईले सम्मानजनक स्कोर खडा गर्यो ।

बलिङ्ग तर्फ चेन्नईका लागि मिशेल सेंटनरले सर्बाधिक २ तथा दीपक चाहर र ईमरान ताहिरले समान १/१ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *