onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नामिबिया र पपुबा न्युगिनीलाई पनि एकदिवसिय मान्यता

बैशाख १३ ,अनलाईन खेलखबर ।। नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगितामा उत्कृष्ट प्रदशन गर्दै नामिबिया र पपुवा न्युगिनीले पनि आईसीसी एकदिवसिय मान्यता प्राप्त गरेका छन् । यसअघि अमेरिका र ओमानले पनि एकदिवसिय मान्यता प्राप्त गरिसकेका छन ।

लिग चरणको अन्तिम खेलमा शुक्रबार प्रतियोगिताको आयोजक समेत रहेको नामिबियाले हंगकंगलाई १ सय ५१ रनको बिशाल अन्तरले पराजित गरेपछि नामेबियाले कुल ५ खेलमा ३ खेलमा जित र २ मा हार व्यहोर्दै ६ अंक सहित अंकतालिका दोस्रो स्थानमा रहेपछि नामिबियाले यो उपलब्धि हासिल गरेको हो ।

यता पपुवा न्युगिनीले पनि लिगको अन्तिम खेलमा ओमान माथि शानदार १ सय ४५ रनले पराजित गरेपछि पपुवा न्युगिनीलाई पनि एतिहासिक सफलता हासिल गरेको हो । पपुवा न्युगिनीले जारी प्रतियोगितामा ५ खेलबाट ३ मा हार र २ मा निकाल्दै ४ अङ्क सहित अंकतालिकाको चौथो स्थानमा रहदै यो सफलता हात पारेको हो ।

कुल ६ टिमको सहभागिता रहेको जारी प्रतियोगिता बाट उत्कृष्ट ४ टिमलाई आईसीसीले एकदिवसीय राष्ट्रको मान्यता दिने पूर्व निर्णय अनुसार अहिले ४ मुलुक थपिदै यो सँगै एकदिवसिय मान्यता पाउनेको संङ्गख्या अहिले २० पुगेको छ ।

अब प्रतियोगिता अन्तर्गत तेस्रो स्थानका लागि पपुवा न्युगिनी र अमेरिका भिड्ने छन भने पाचौ स्थानका लागि क्यानडा र हंगकङ्ग बिच प्रतिष्पर्दा हुनेछ भने प्रतियोगिताको फाईनलमा नामिबियाले ओमानको सामना गर्नेछ । सबै खेल अप्रिल २७ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्