onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मुम्बईद्रारा चेन्नई सामु मध्यम लक्ष्य प्रस्तुत : रोहितको अर्धसतकीय पारी

बैशाख १३ , अनलाईन खेलखबर ।। विश्वको सबैभन्दा ठुलो तथा चर्चित क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले प्रतियोगिताको ४४ औँ खेलमा अहिले मुम्बई ईण्डियन र चेन्नई सुपर किग्स बिचको खेल जारी रहेको छ ।

चेन्नईको घरेलु मैदान एम.ए. चिदंबरम स्टेडियममा जारी खेलमा चेन्नईले टस जितेर पाहुना टोलि मुम्बई ईण्डियनलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार निर्धारित २० ओवर पुरै खेल्दै ४ विकेटको क्षतिमा १ सय ५५ रनको योगफल खडा गरेको छ ।

ओपनर ब्याट्सम्यान क्विंटन डी कॉकलाई टिमको स्कोर २४ रन हुदाँ ब्यक्तिगत १५ रनमा गुमाएको मुम्बईले दोस्रो विकेटका लागि रोहित शर्मा र एविन लुईस बिच ७५ रनको साझेदारी गरेपछि टिमले ठोस सुरुवात गरेको थियो ।

एविन लुईसले ३० बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ३२ रनको योगदान गरे । मिशेल सेंटनर बलमा उनि डिजे ब्राबोको हात बाट क्याच आउट हुन् पुगेका थिए ।

सुरुवाती अबस्थामा राम्रो सुरुवात गरेको मुम्बई १३.१ ओवरमा ३ विकेटको क्षतिमा १ सय १ रन बनाईसकेको भएपनि यसपछि चेन्नईका बलरहरु खेलमा राम्रो कमब्याक गरेपछि मुम्बईका खेलाडिहरु खुलेर खेल्न असफल भए ।

टिमका लागि कप्तान रोहित शर्माले सर्बाधिक ६७ रनको पारी खेले । ४८ बलको सामना गरेका उनले सोहि क्रममा ६ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाउन सफल भएका थिए । यस्तै अन्त्यमा हार्दिक पाण्डेय र किरण पोलाड़ले अविजित रहदै क्रमश : २३ तथा १३ रन बनाएपछी मुम्बईले सम्मानजनक स्कोर खडा गर्यो ।

बलिङ्ग तर्फ चेन्नईका लागि मिशेल सेंटनरले सर्बाधिक २ तथा दीपक चाहर र ईमरान ताहिरले समान १/१ विकेट लिए ।

अब मुम्बईले दिएको १ सय ५६ रनको बिजयी लक्ष्य पछ्याउदै चेन्नईले केहीबेरपछि जवाफी ब्याटिंङ्ग गर्नेछ ।

अहिले चेन्नई ११ खेलबाट ८ खेलमा जित र ३ खेलमा हार व्यहोर्दै १६ अंकसहित अंकतालिकामा पहिलो स्थानमा रहेको छ । भने मुम्बई १० खेलबाट ६ खेलमा जित र ४ खेलमा हार व्यहोर्दै १२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

आजको खेलमा जित निकालेको खण्डमा चेन्नई प्ले अफमा पुग्ने पहिलो टिम बन्ने छ । तर पराजित भएको खण्डमा पनि चेन्नई पहिलो स्थानमा यथावतनै रहने छ । भने मुम्बईले जित हासिल गरेमा दोस्रो स्थानमा उक्लिने छ ।

यसअघि समुह चरणमा यी दुई टिम बिच भएको भेटमा मुम्बईले चेन्नईलाई ३७ रनले पराजित गरेको थियो । यसअर्थमा अहिले जारि खेलमा चेन्नईलाई त्यो हारको बदला सँगै प्ले अफ पुग्ने अबसरको रुपमा रहेको छ । भने मुम्बई प्ले अफमा अझ नजिक पुग्न स्पष्ट जितको खोजीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्