onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाली क्रिकेट टिमलाई निर्वाणा वेलनेस सेन्टरको साथ

बैशाख १३ , अनलाईन खेलखबर ।। निर्वाणा वेलनेस सेन्टरले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आगामी दुई बर्षका लागि प्रायोजन गरेको छ ।

आज शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै निर्वाणा वेलनेस सेन्टरका सञ्चालन प्रमुख राजनशाही र नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रम निर्वाणा वेलनेस सेन्टर परिसरमा भएको थियो ।

अब समझदारी अनुसार निर्वाणा वेलनेस सेन्टर आगामी २ बर्षको लागि नेपाली क्रिकेट टिमको आधिकारिक फिटनेश सेन्टरको रुपमा सेवा प्रदान गर्ने भनिएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गरेपछि आफ्नो कुराहरु राख्ने क्रममा निर्वाणा वेलनेस सेन्टरका सञ्चालन प्रमुख राजन शाहीले नेपाली क्रिकेट टिमका सदस्यहरु यस समझदारीबाट आफ्नो नियमित शारिरिक अभ्यास तथा सुगठनमा सहयोग पुग्ने विश्वासका लिएको बताएका थिए ।

यस्तै कार्यक्रममा फिटनेश तथा पर्सनल ट्रेनिङ्ग निर्देशक मिलन बिक्रम सिजापति तथा नेपाली क्रिकेट टिमका ब्यबस्थापक रमन सिवाकोटी समेतको उपस्थित मा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्