onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपालले भोली सेमिफाईनलमा हंगकङ्गको सामना गर्दै

बैशाख १३ , अनलाईन खेलखबर ।। थाईल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको सेमिफाईनलमा नेपालले भोली सनिवार हंङ्गकङ्गको सामना गर्नेछ ।

थाईल्याण्ड स्थित रोयल चिङ्गमाई गल्फ कल्बको खेल मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजेपछि हुनेछ । समूह ” ए ” को समूह बिजेता बन्दै सेमिफाईनल पुगेको नेपालले समुह “बि”को उप- बिजेता हंङ्गकङ्गको सामना गर्न लागेको हो ।

समुह चरणमा नेपालले खेलेका ३ खेलमा २ खेलमा शत प्रतिशत जित निकालेको थियो । भने समुह चरणको अन्तिम खेलमा भने नेपालले आयोजक थाईल्याण्ड सँग पानिले प्रभावित गरेको खेलमा अंक बाढन बाध्य भएको थियो ।

खेलमा नेपालले दिएको २ सय ३५ रनको विशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्न मैदानमा उत्रिएको थाईल्यान्डको ईनिङ सुरु हुने क्रममा भारि पानी परेपछी खेल अन्त्तत प्रभावित हुन पुग्यो ।

पहिलो ओवरको ५ बलमा खाता खाेल्न नपाउँदै भारी बर्षा भएपछि खेल राेकिन पुगेको थियो ।त्यसपछि खेल हुन सम्भव नभएपछी म्याच अम्पायरले खेल रद्द भएकाे घाेषणा गरेका थिए । यसपछि दुबै टिमले १/१ बाढे । नेपालले ३ खेलमा ५ अंकका साथ समुह ‘ ए ‘ काे बिजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

डीफेण्डिङ्ग च्याम्पियन समेत रहेको नेपाल उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपाली अन्डर सिक्टिन टिम यसपटकको पनि प्रमुख दाबेदार र बलियो टिम हो । त्यसको संङ्गकेत् नेपालले देखाईरहेको अबस्था छ ।

थाईल्याण्ड बिरुद्द खेल्नुअघि नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गर्न सफल भएको थियो ।

यस्तै भोलि सनिवारनै प्रतियोगिताको अर्को सेमिफाईनल खेल पनि हुनेछ । जहाँ सिगापुरले मलेसियाको सामना गर्नेछ । कुल ८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउदो आईतबार हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *