onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एसीसी यू-१६ क्रिकेटको सेमिफाईनल समीकरण पुरा : नेपालले हंगकङ्गको सामना गर्ने

बैशाख १२ , अनलाईन खेलखबर ।। थाईल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिमाको सेमिफाईनल समिकरण पुरा भएको छ । आज समूह चरणको अन्तिम खेलहरुको समाप्ति पछि प्रतियोगिताको सेमिफाईनल नेपाल , मलेसिया , सिगापुर र हंगकंग प्रवेश गरेका छन ।

जस अनुसार नेपाल समुह ” ए ” को समूह बिजेता बन्दै प्रतियोगिताको सेमिफाईनल प्रवेश गर्दा मलेसिया उप -बिजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ । भने समूह “बि ” बाट समुह बिजेता सिगापुर र उप् -बिजेताको रुपमा हंङ्गकङ्गले सेमिफाईनल पक्का गरेका हुन् ।

अब सनिवार हुने सेमिफाईनलमा नेपालले हंङ्गकङ्गको सामना गर्नेछ भने अर्को सेमिफाईनलमा सिगापुरले मलेसियाको सामना गर्नेछ । दुवै खेल नेपालि समय अनुसार बिहान सवा ९ बजेपछि हुनेछ । रोयल चिङ्गमाई गल्फ कल्बको खेल मैदानमा नेपाल र हंगकङ्ग बिचको खेल हुनेछ ।

डीफेण्डिङ्ग च्याम्पियन समेत रहेको नेपाल उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपाली अन्डर सिक्टिन टिम यसपटकको पनि प्रमुख दाबेदार र बलियो टिम हो । त्यसको संङ्गकेत् नेपालले देखाईरहेको अबस्था छ ।

नेपालले समुह चरणमा खेलेका ३ खेलमा निकै राम्रो प्रदशन गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गर्न सफल भएको थियो ।

तर आज भएको समुह चरणको अन्तिम खेलमा भने नेपालले आयोजक थाईल्याण्ड सँग अंक बाढन बाध्य भयो । खेलमा नेपालले दिएको २ सय ३५ रनको विशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्न मैदानमा उत्रिएको थाईल्यान्डको ईनिङ सुरु हुने क्रममा भारि पानी परेपछी खेल अन्त्तत प्रभावित हुन पुग्यो ।

पहिलो ओवरको ५ बलमा खाता खाेल्न नपाउँदै भारी बर्षा भएपछि खेल राेकिन पुगेको थियो ।त्यसपछि खेल हुन सम्भव नभएपछी म्याच अम्पायरले खेल रद्द भएकाे घाेषणा गरेका थिए ।

कुल ८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल २८ तारिखमा हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *