onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दिल्ली का प्रशिक्षक रिकि पोन्टिङ को ठूलो खुलाशा : सम्भावना बढेर गयो , सन्दिप अन्तिम ११ मा पर्न सक्ने !!

चैत्र २२ , अनलाईन खेलखबर || यहि आउदो सनिवार देखि सुरु हुँदै गरेको ११ औं संस्करण को ईन्डियन प्रिमियर लिग ( आईपिएल ) सुरु हुँदै छ । यसै बिच मा आईपिएल को पुर्बसन्धामा आज नेपाली स्टार सन्दिप लामिछाने लाई भारु २० लाख रुपिए मा अनुबन्धित गरेको दिल्ली डेयरडेभिल्स ले बिहिवार पत्रकार सम्बेलन गरि आफना योजना हरु लाई प्रस्तुत गरेको छ ।

पत्रकार सगँ कुराकानि का क्रम मा दिल्ली का प्रशिक्षक रिकी पोन्टिङले शनिबारबाट सुरु हुँने आईपिएलमा सन्दिपले खेल्ने संभावना धेरै रहेको बताएका छन । कप्तान गौतम गम्भीर र दिल्ली का सिईयो हेमन्त दुवा को उपस्थिति मा आयोजित पत्रकार सम्मेलनमा रिकि पोन्टिङले सन्दिपका बारेमा खुलेर प्रसंशा गर्दै उदाउँ दा खेलाडी भएको र अभ्यासमा पनि राम्रो गरिहरेको बताए ।

साथै उनले थप्दै भनेका छ्न उन मा युवा जोश र प्रतिभा भएका खेलाडी भएकाले उनि अभ्यासमा पनि कहिले नथाक्ने, दिनभर बलिङ गर भनेपनि गर्छुभन्ने जोश देखाएको बताए । उनले दिनप्रतिदिन आफनो बलिङलाई निखार्दै लगेको बताउए । राम्रो करियर भएका खेलाडी सन्दिप राम्रो फिनिसरका रुपमा अगाडी बढिरहेको र चाहिएको बेला उचित बलिङ गर्ने खेलाडीमा रुपमा देखिएको बताए ।

साथै उनले टिममा उनले राम्रो बाताबरण बनाएको र खुल्ला मिसाज भएका खेलाडीका रुपमा रहेकाले आईपिएलमा टिममा पर्ने सम्भावना निकै रहेको खुलसा गरेका छ्न ।

भीडीयो मा हेर्नुहोस

यो पनि हेर्नुहोस विशेष रिपोर्ट
आईपिएल क्रीकेट नजिकिदै गर्दा करौडौँ नेपाली को नजर दिल्ली तर्फ : के सन्दिप अन्तिम ११ मा पर्न सफल होलान त ?? ( आकडा सहित को एक विशेष रिपोर्ट )

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *