समूह बिजेता बन्दै नेपाल सेमिफाइनल प्रबेश
बैशाख १२ , अनलाईन खेलखबर ।।थाईल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिमा नेपाल समूह बिजेता बन्दै प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको छ ।
आफ्नो तेस्रो तथा समूह चरणको अन्तिम खेलमा आज आयोजक थाईल्यान्ड सगँ बर्षाले खेल रद्द भएपछी नेपाल समूह बिजेता बन्दै प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको हो ।
खेलमा नेपालले दिएको २ सय ३५ रनको विशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्न मैदानमा उत्रिएको थाईल्यान्डको ईनिङ सुरु हुने क्रममा भारि पानी परेपछी खेल अन्त्तत प्रभावित हुन पुग्यो ।
पहिलो ओवरको ५ बलमा खाता खाेल्न नपाउँदै भारी बर्षा भएपछि खेल राेकिन पुगेको थियो ।त्यसपछि खेल हुन सम्भव नभएपछी म्याच अम्पायरले खेल रद्द भएकाे घाेषणा गरेका थिए ।
यसपछि दुबै टिमले १/१ बाढे । नेपालले ३ खेलमा ५ अंकका साथ समुह ” ए “काे बिजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयाे ।
यसअघि थाईल्याण्ड स्थित प्रेम इन्टरनेशनल स्कुलको खेल मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिंङ्ग गर्ने निर्धारित ३५ ओवर पुरै खेल्दै ७ विकेटको क्षतिमा २ सय ३४ रनको विशाल योगफल खडा गरेको थियो ।
खेलमा नेपालले आफ्नो पहिलो विकेट ईनिङ्गको पहिलो ओवरमा सुशान्त थापालाई सुन्य रनमा गुमाएको थियो ।
यसपछि नेपालले दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेपछि टिम उच्च स्कोर तर्फ अग्रसर भएको थियो ।
दोस्रो विकेटका लागि दीपक बोहरा र आईस भट्टराई बिच उक्त साझेदारी हुन् पुगेको थियो । तर ईनिङ्गको ११.१ ओवरमा नेपालले दोस्रो विकेटका रुपमा दिपक बोहरालाई व्यक्तिगत ३५ रनमा गुमायो ।
उनले ३६ बलको सामना गर्दै ५ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाए । यसपछि नेपालले तेस्रो विकेटका रुपमा टिमको स्कोर ८० रन हुदाँ प्रशान्त महतलाई ९ रनमा गुमायो ।
यसपछि नेपालले फेरी अर्को राम्रो साझेदारी पायो । आईश भट्टराई र बिशाल बिक्रम केसी बिच चौथो विकेटका लागि ७३ रनको साझेदारी हुन् पुग्यो ।
२६.५ ओवरमा बिशाल ३८ रन बनाएर आउट भए भने सोहि ओवरमै निकै उत्कृष्ट ब्याटिंङ्ग गरेका आईश भट्टराई व्यक्तिगत ५८ रन बनाउदै नरवतको बलमा क्याच आउट हुन् पुगे ।
७३ बलको सामना गरेका उनले ९ चौकाको मद्दतमा उक्त रन बनाउन सफल भए ।
यस्तै टिमका लागि विशाल कुमार पटेल र निखिल कुमार सिँहले अबिजित रहदै क्रमशः २८ र २२ रनको योगदान गरेपछी टिमले ठूलो स्कोर खडा गरेको हो ।
बलिङ्ग तर्फ थाईल्याण्डका नरवतले सर्बाधिक ३ विकेट लिएका थिए ।
उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपाली अन्डर सिक्टिन टिम यसपटकको पनि प्रमुख दाबेदार र बलियो टिम हो । त्यसको संङ्गकेत् नेपाल देखाईरहेको अबस्था छ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो ।
भने दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।
अब सेमीफाइनल खेल २७ तारिखमा हुनेछ भने फाइनल खेल २८ तारिखमा हुनेछ ।