onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आईश भट्टराईको उत्कृष्ट ब्याटिंङ्गको मद्दतमा नेपालद्रारा थाईल्याण्ड सामु ठुलो चुनौती प्रस्तुत

बैशाख १२ , अनलाईन खेलखबर ।। थाईल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो तेस्रो तथा समूह चरणको अन्तिम खेलमा अहिले डिफ़ेण्डिङ्ग च्याम्पीयन नेपालले आयोजक थाईल्याण्डको सामना गरिहेको अबस्था छ ।

थाईल्याण्ड स्थित प्रेम इन्टरनेशनल स्कुलको खेल मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिंङ्ग गर्ने निर्धारित ३५ ओवर पुरै खेल्दै ७ विकेटको क्षतिमा २ सय ३४ रनको विशाल योगफल खडा गरेको छ ।

खेलमा नेपालले आफ्नो पहिलो विकेट ईनिङ्गको पहिलो ओवरमा सुशान्त थापालाई सुन्य रनमा गुमाएको थियो ।यसपछि नेपालले दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेपछि टिम उच्च स्कोर तर्फ अग्रसर भएको थियो । दोस्रो विकेटका लागि दीपक बोहरा र आईस भट्टराई बिच उक्त साझेदारी हुन् पुगेको थियो । तर ईनिङ्गको ११.१ ओवरमा नेपालले दोस्रो विकेटका रुपमा दिपक बोहरालाई व्यक्तिगत ३५ रनमा गुमायो ।

उनले ३६ बलको सामना गर्दै ५ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाए । यसपछि नेपालले तेस्रो विकेटका रुपमा टिमको स्कोर ८० रन हुदाँ प्रशान्त महतलाई ९ रनमा गुमायो ।

यसपछि नेपालले फेरी अर्को राम्रो साझेदारी पायो । आईश भट्टराई र बिशाल बिक्रम केसी बिच चौथो विकेटका लागि ७३ रनको साझेदारी हुन् पुग्यो । २६.५ ओवरमा बिशाल ३८ रन बनाएर आउट भए भने सोहि ओवरमै निकै उत्कृष्ट ब्याटिंङ्ग गरेका आईश भट्टराई व्यक्तिगत ५८ रन बनाउदै नरवतको बलमा क्याच आउट हुन् पुगे ।

७३ बलको सामना गरेका उनले ९ चौकाको मद्दतमा उक्त रन बनाउन सफल भए ।

यस्तै टिमका लागि विशाल कुमार पटेल र निखिल कुमार सिँहले अबिजित रहदै क्रमशः २८ र २२ रनको योगदान गरेपछी टिमले ठूलो स्कोर खडा गरेको हो ।

बलिङ्ग तर्फ थाईल्याण्डका नरवतले सर्बाधिक ३ विकेट लिए भने

अब नेपालले दिएको २ सय ३५ रनको ठुलो बिजयी लक्ष्य पछ्याउदै अबको केहिबेरपछि थाईल्याण्डले जवाफी ब्याटिंङ्ग गर्नेछ ।

उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपाली अन्डर सिक्टिन टिम यसपटकको पनि प्रमुख दाबेदार र बलियो टिम हो । त्यसको संङ्गकेत् नेपाल देखाईरहेको अबस्था छ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो ।

भने दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । उच्च लयमा समेत देखिएको नेपालले आज थाईल्याण्डमाथि जित निकालेको खण्डमा समुह ‘ए ” को बिजेता बन्दै प्रतियोगिताको सेमिफाईनल प्रवेश गर्नेछ ।

यता थाईल्याण्ड भने २ खेलबाट १ मा जितमा जित हासिल गरेको छ भने १ खेलमा पराजित हुन् पुगेको छ । पहिलो खेलमा म्यानमारलाई ७६ रनले पराजित गरेको थाईल्याण्ड समुह चरणको दोस्रो खेलमा मलेसिया सँग डीएल मेथड मार्फत २६ रनले पराजित हुन् पुगेको छ ।

सेमिफाईनल पुग्ने झिनो सम्भावनालाई जिबित राख्न थाईल्याण्डले नेपाललाई ठुलो अन्तरले पराजित गर्नु पर्ने देखिन्छ । तर अहिले सम्मको खेललाई नियाल्दा नेपाल थाईल्याण्ड सँग अहिले पूर्ण हाबी भईसकेको अबस्था छ । यस्तोमा जारी महत्वपुर्ण खेलमा आयोजक थाईल्याण्ड पराजित भएको खण्डमा नेपाल समुह बिजेता बन्दै सेमिफाईनल प्रबेश गर्दा मलेसिया उप – बिजेता बन्दै सेमिफाईनल पुग्नेछ ।

कुल ८ टिमको सहभागिता रहेको यो प्रतियोगितामा प्रतियोगिता लाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक थाईल्याण्ड , मलेसिया र म्यानमार रहेको छ । भने समूह ‘बी’ मा सिंगापुर, हङकङ,भुटान र चिन रहेका छन् ।

समूह चरणबाट पहिलो र दोश्रो स्थान हासिल गर्ने टोली प्रतियोगिताको सेमीफाइनलमा पुग्नेछन । सेमीफाइनल खेल २७ तारिखमा हुनेछ भने फाइनल खेल २८ तारिखमा हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *