थाईल्याण्ड बिरुद्द आईश भट्टराईको अर्धसतक : टिम ठुलो लक्ष्य तर्फ अग्रसर
बैशाख १२ , अनलाईन खेलखबर ।। थाईल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो तेस्रो तथा समूह चरणको अन्तिम खेलमा अहिले डिफ़ेण्डिङ्ग च्याम्पीयन नेपालले आयोजक थाईल्याण्डको सामना गरिहेको अबस्था छ ।
थाईल्याण्ड स्थित प्रेम इन्टरनेशनल स्कुलको खेल मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिंङ्ग गर्ने निर्णय गर्दै अहिले ब्याटिंङ्ग गरिरहेको छ । यो समाचार तयार गर्दा सम्म नेपालले अहिले २३.५ ओवरमा ३ विकेट गुमाएर १ सय २६ रन बनाईसकेको छ ।
खेलमा नेपालले आफ्नो पहिलो विकेट ईनिङ्गको पहिलो ओवरमा सुशान्त थापालाई सुन्य रनमा गुमाएको थियो ।यसपछि नेपालले दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेपछि टिम अहिले उच्च स्कोर तर्फ अग्रसर भएको छ । दोस्रो विकेटका लागि दीपक बोहरा र आईस भट्टराई बिच उक्त साझेदारी हुन् पुगेको थियो । तर ईनिङ्गको ११.१ ओवरमा नेपालले दोस्रो विकेटका रुपमा दिपक बोहरालाई व्यक्तिगत ३५ रनमा गुमायो ।
उनले ३६ बलको सामना गर्दै ५ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाए । यसपछि नेपालले तेस्रो विकेटका रुपमा टिमको स्कोर ८० रन हुदाँ प्रशान्त महतलाई ९ रनमा गुमायो ।
यस्तै अहिले मैदानमा रहेका आईस भट्टराईले अर्धसतकिय पारि खेल्दै ५१ रन र बिशाल बिक्रम केसीले २२ रन बनाउदै खेलिरहेका छन ।
उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपाली अन्डर सिक्टिन टिम यसपटकको पनि प्रमुख दाबेदार र बलियो टिम हो । त्यसको संङ्गकेत् नेपाल देखाईरहेको अबस्था छ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो ।
भने दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । उच्च लयमा समेत देखिएको नेपालले आज थाईल्याण्डमाथि जित निकालेको खण्डमा समुह ‘ए ” को बिजेता बन्दै प्रतियोगिताको सेमिफाईनल प्रवेश गर्नेछ ।
यता थाईल्याण्ड भने २ खेलबाट १ मा जितमा जित हासिल गरेको छ भने १ खेलमा पराजित हुन् पुगेको छ । पहिलो खेलमा म्यानमारलाई ७६ रनले पराजित गरेको थाईल्याण्ड समुह चरणको दोस्रो खेलमा मलेसिया सँग डीएल मेथड मार्फत २६ रनले पराजित हुन् पुगेको छ ।
सेमिफाईनल पुग्ने झिनो सम्भावनालाई जिबित राख्न थाईल्याण्डले नेपाललाई ठुलो अन्तरले पराजित गर्नु पर्ने देखिन्छ । तर अहिले सम्मको खेललाई नियाल्दा नेपाल थाईल्याण्ड सँग पनि पूर्ण हाबीनै हुनेछ । यस्तोमा जारी महत्वपुर्ण खेलमा आयोजक थाईल्याण्ड पराजित भएको खण्डमा नेपाल समुह बिजेता बन्दै सेमिफाईनल प्रबेश गर्दा मलेसिया उप – बिजेता बन्दै सेमिफाईनल पुग्नेछ ।
कुल ८ टिमको सहभागिता रहेको यो प्रतियोगितामा प्रतियोगिता लाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक थाईल्याण्ड , मलेसिया र म्यानमार रहेको छ । भने समूह ‘बी’ मा सिंगापुर, हङकङ,भुटान र चिन रहेका छन् ।
समूह चरणबाट पहिलो र दोश्रो स्थान हासिल गर्ने टोली प्रतियोगिताको सेमीफाइनलमा पुग्नेछन । सेमीफाइनल खेल २७ तारिखमा हुनेछ भने फाइनल खेल २८ तारिखमा हुनेछ ।