
अमेरिका र ओमानलाई एतिहासिक सफलता
बैशाख १२ , अनलाईन खेलखबर ।। नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगितामा उत्कृष्ट प्रदशन गर्दै अमेरिका र ओमानले आईसीसी एकदिवसिय मान्यता प्राप्त गरेका छन् ।
जारी प्रतियोगितामा १ खेल खेल्न बाकि रहदै ओमान र अमेरिकाले उत्कृष्ट दुईमा रहदै एकदिवसिय मान्यता प्राप्त गरेका हुन् । कुल ६ टिमको सहभागिता रहेको प्रतियोगितामा अमेरिका , ओमान , नामिबिया , हंङ्गकङ्ग , क्यानड़ा र पपुवा न्युगिनीले प्रतिष्पर्दा गरिरहेका छन ।
जारी प्रतियोगिता बाट उत्कृष्ट ४ टिमलाई आईसीसीले एकदिवसीय राष्ट्रको मान्यता दिंदैछ।
यो संगै अहिले १६ टिमबाट थप ४ टिम हुदै अब एकदिवसिय मान्यता पाउने मुलुकको संङ्गख्या २० पुग्नेछ ।
जारी प्रतियोगितामा अहिले ओमान ४ खेलमा सत् प्रतिशत नतिजा निकाल्दै पहिलो स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा छ । अमेरिका ओमान सँग ६ विकेटले पराजित भएपनि बाकि ३ खेलमा जित निकालेको थियो ।
अब यी दुई टिमले फाईनल खेल खेल्नुअघि ओमानले पपुवा न्युगिनी सँग खेल्न बाकि रहेको छ भने अमेरिका क्यानडा सँग खेल्न बाकि रहेको छ । जुन खेल अप्रिल २६ तारिखमा हुनेछ । भने प्रतियोगिताको फाईनल पुगेका अमेरिका र ओमान बिचको खेल आउदो २७ तारिखमा हुनेछ ।
प्रतियोगितामा ओमानले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रोमा क्यानडालाई ९९ रनले , तेस्रोमा हङ्गकङ्गलाई ७ विकेटले र
चौथोमा आयोजक नामिबियालाई ४ विकेटले पराजित गरेको थियो ।
यता अमेरिकाले पहिलो खेलमा ओमान संग पराजित गरेको थियो । दोस्रोमा नामिबियालाई २ रनले , तेस्रोमा पपुवा न्युगिनीलाई १० विकेटले र चौथोमा हंगकङ्गलाई ८४ रनले पराजित गरेको थियो ।