बैंगलोरको अर्को जित

बैंगलोरको अर्को जित

बैशाख १२ , अनलाईन खेलखबर ।। ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत गएराती सम्पन्न प्रतियोगिताको ४२ औं खेलमा बिराट कोहलीको टिम रोयल च्यालेजर्स बैंगलोरले किग्स ईलाभेन पंजावलाई १७ रनले पराजित गरेको छ ।

जित सँगै बैंगलोर अहिले ११ खेलबाट ७ खेलमा हार र ४ खेलमा जित निकाल्दै अन्तिम स्थानबाट सातौ स्थानमा उक्लिएको छ । भने पराजित भएको पंजाव अहिले ११ खेलबाट ५ मा जित र ६ मा हार व्यहोर्दै १० अंक सहित अहिले अंकतालिकाको पाचौँ स्थानमा रहेको छ । यसअघि अघिल्लो खेलमा बैंगलोरले अहिले अंकतालिकाको पहिलो स्थानमा रहेको चेन्नईलाई १ रनले पराजित गरेको थियो ।

खेलमा बैंगलोरले दिएको २ सय ३ रनको ठुलो लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको पन्जावले निर्धारित २० ओवर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ८५ रनमा सिमित भएपछी टिम निराश हुन् पुग्यो ।

ब्याटिंङ्गमा पंजावका लागि लोकेश राहुलले ४२ रन बनाए भने क्रिस गेल २३ रन बनाएर आउट हुन् पुग्दा मयाक अग्रवालले ३५ रन , डेबिट मिलरले २४ तथा ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा निकोलस पूरनले ४६ रनको पारी खेलेका थिए । २८ बलको सामना गरेका उनले १ चौका र ५ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

बलिङ्ग तर्फ बैंगलोरका लागि उमेश यादबले सर्बाधिक ३ विकेट लिए । साथै नभदिप साईनिले २ तथा मोईन अलि र मार्कस स्टोइनिसले समान १/१ विकेट लिएका थिए ।

यसअघि बैंगलोरको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा भएको खेलमा पाहुना टोली पंजावले टस जितेर बैंगलोरलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जस अनुसार सुरुमा ब्याटिंङ्ग गरेको बैंगलोरले निर्धारित २० ओवर पुरै सामना गर्दै मात्र ४ विकेट गुमाएर २ सय २ रनको योगफल खडा गरेको थियो ।

बैंगलोरका लागि यो योगफल सम्म पुर्याउन खेलको प्लेयर अफ द म्याच समेत भएका एबी डिविलियर्सको भूमिका निकै महत्वपुर्ण रहयो । अविजित रहेका उनले ४४ बलको सामना गर्दै ३ चौका र ७ छक्का को मद्दतमा ८२ रनको पारी खेलेका थिए ।

यस्तै प्राथिव पटेलले ४३ तथा बिराट कोहलीले १३ रन बनाए । भने मार्कस स्टोइनिसले ४६ रनको योगदान गरेका थिए ।

बलिङ्ग तर्फ पंजावका लागि मोहम्मद शामी, मुरुगन अश्विन , रविचंद्रन अश्विन र हार्डस विलोजेनले समान १/१ विकेट लिन सफल भएका थिए ।

यता अब प्रतियोगिता अन्तर्गत आज कोलकता र राजस्थान बिच प्रतिष्पर्दा हुनेछ । नेपाली समय अनुसार राति सवा ८ बजेपछि खेल कोलकताको घरेलु मैदान ईडेन ग्राडेनमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *