उच्च लयमा रहेको नेपालले आज समुहको अन्तिम खेलमा आयोजक थाईल्याण्डको सामना गर्दै
बैशाख १२ , अनलाईन खेलखबर ।। थाईल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो तेस्रो तथा समूह चरणको अन्तिम खेलमा डिफ़ेण्डिङ्ग च्याम्पीयन नेपालले आज आयोजक थाइल्याण्ड़को सामना गर्दैछ।
खेल नेपाली समय अनुसार बिहान सवा ९ बजेपछि थाईल्याण्ड स्थित प्रेम इन्टरनेशनल स्कुलको खेल मैदानमा हुनेछ । उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपाली अन्डर सिक्टिन टिम यसपटकको पनि प्रमुख दाबेदार र बलियो टिम हो । त्यसको संङ्गकेत् नेपाल देखाईरहेको अबस्था छ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो ।
भने दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । उच्च लयमा समेत देखिएको नेपालले आज थाईल्याण्डमाथि जित निकालेको खण्डमा समुह ‘ए ” को बिजेता बन्दै प्रतियोगिताको सेमिफाईनल प्रवेश गर्नेछ ।
यता थाईल्याण्ड भने २ खेलबाट १ मा जितमा जित हासिल गरेको छ भने १ खेलमा पराजित हुन् पुगेको छ । पहिलो खेलमा म्यानमारलाई ७६ रनले पराजित गरेको थाईल्याण्ड समुह चरणको दोस्रो खेलमा मलेसिया सँग डीएल मेथड मार्फत २६ रनले पराजित हुन् पुगेको छ ।
सेमिफाईनल पुग्ने झिनो सम्भावनालाई जिबित राख्न थाईल्याण्डले नेपाललाई ठुलो अन्तरले पराजित गर्नु पर्ने देखिन्छ । तर अहिले सम्मको खेललाई नियाल्दा नेपाल थाईल्याण्ड सँग पनि पूर्ण हाबीनै हुनेछ । यस्तोमा आज हुने महत्वपुर्ण खेलमा आयोजक थाईल्याण्ड पराजित भएको खण्डमा नेपाल समुह बिजेता बन्दै सेमिफाईनल प्रबेश गर्दा मलेसिया उप – बिजेता बन्दै सेमिफाईनल पुग्नेछ ।
कुल ८ टिमको सहभागिता रहेको यो प्रतियोगितामा प्रतियोगिता लाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक थाईल्याण्ड , मलेसिया र म्यानमार रहेको छ । भने समूह ‘बी’ मा सिंगापुर, हङकङ,भुटान र चिन रहेका छन् ।
समूह चरणबाट पहिलो र दोश्रो स्थान हासिल गर्ने टोली प्रतियोगिताको सेमीफाइनलमा पुग्नेछन । सेमीफाइनल खेल २७ तारिखमा हुनेछ भने फाइनल खेल २८ तारिखमा हुनेछ ।