एपीएफले उचाल्यो क्रिकेट पुरुषको स्वर्ण पदक

एपीएफले उचाल्यो क्रिकेट पुरुषको स्वर्ण पदक

बैशाख ११ , अनलाईन खेलखबर ।। नेपाली खेलकुदको महाकुम्भ आठौँ राष्टिय खेलकुदको पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बल ( एपीएफ ) क्लबले स्वर्ण पदक उचालेको छ । आज भएको प्रतियोगिताको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई ३२ रनले पराजित गर्दै एपीएफले स्वर्ण पदक आफ्नो नाममा लेखाउन सफल भएको हो ।

पराजित नेपाल पुलिस क्लब रजत् पदकमा चित्त बुझाउन बाध्य भयो ।

आज कोहलपुर क्रिकेट मैदानमा भएको फाईनल खेलमा टस जितेर एपीएफले पहिले ब्याटिंङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय १० रनको योगफल खडा गरेको थियो ।

एपीएफका लागि ओपनर ब्याट्सम्यान अनिल ले सर्बाधिक धेरै रन बनाउने क्रममा ३१ रनको पारी खेले । ३० बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै सङ्गखर रानाले ४० बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा २३ रनको महत्वपुर्ण योगदान गरेका थिए । साथै भुवन कार्कीले पनि ११ रन जोडे ।

बलिङ्ग तर्फ पुलिसका ललित राजबम्शीले सर्बाधिक ३ विकेट लिए भने सागर ढकालले २ विकेट हात पारे यस्तै दिपेन्द्र सिह एरि र मन्जित श्रेष्ठले पनि समान १/१ विकेट लिन सफल भए ।

यसपछि एपीएफले प्रस्तुत गरेको १ सय ११ रनको विजयी चुनौतिलाई पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको पुलिस निर्धारित २० ओवर पुरै खेलेपनि ९ विकेट गुमाएर ७८ रनमा सिमित हुन् पुग्यो ।

पुलिसका लागि मन्जित श्रेष्ठले सर्बाधिक २९ रन बनाए भने सुनिल धमलाले १५ र आरिफ शेखले १२ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले निराशाजनक प्रदशन गरेपछि टिम पराजित हुन् बाध्य भयो ।

बलिङ्ग तर्फ एपीएफका लागि कमल सिह एरिले तथा बसन्त रेग्मी र शरद भेषवाकरले समान २/२ विकेट लिए भने भुवन कार्की र अमर सिह रौटेलाको नाममा पनि १/१ विकेट रहयो ।

यता प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका सुशन भारी घोषित भए भने उत्कृष्ट बलर शाहबआलम आलम र उत्कृष्ट ब्याट्सम्यान खड्क बोहरा घोषित भए । पुरुष क्रिकेट तर्फ आजनै तेस्रो स्थानका लागि भएको खेलमा प्रदेश नम्बर १ माथि ६९ रनले जित हासिल गर्दै आर्मीले कास्य पदक उचालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *