पुरुष क्रिकेट तर्फ आर्मीलाई कास्य पदक प्राप्त
बैशाख ११ , अनलाईन खेलखबर ।। आठौँ राष्टिय खेलकुदको क्रिकेट पुरुष तर्फ त्रिभुवन आर्मी कल्बले कास्य पदक प्राप्त गरेको छ । प्रतियोगिताको तेस्रो स्थानमा लागि आज भएको खेलमा प्रदेश नम्बर १ माथि ६९ रनले जित हासिल गर्दै आर्मीले कास्य पदक उचालेको हो ।
कोहलपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आर्मीले टस जितेर पहिले ब्याटिंङ्ग गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ११ रनको योगफल खडा गरेको थियो । आर्मीका लागि रोहित कुमार पौडेलले सर्बाधिक ३४ रनको योगदान गरे । २० बलको सामाना गरेका उनले २ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।
यस्तै भिम सार्कीले १९ तथा हरि बहादुर चौहान र राजेश पुलामी मगरले समान १२ /१२ रन बनाउन सफल भएका थिए ।
बलिङ्ग तर्फ प्रदेश १ का लागि पुष्प थापाले सर्बाधिक २ विकेट लिए ।
यसपछि आर्मीले दिएको १ सय १२ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश नम्बर १ पुष्प थापाको १२ तथा शरवन यादबको १० रन बाहेक अन्य खेलाडीले दोहोरो अंक जोडन असफल भएपछी १०.५ ओवरमा अलआउट हुदै मात्र ४४ रनमा सिमित भएपछी आर्मीले नतिजा आफ्नो पक्षमा पार्दै कास्य पदक आफ्नो नाममा लेखाउन सफल भयो ।
बलिङ्ग तर्फ आर्मीका लागि सुशन भारीले उत्कृष्ट बलिङ्ग गर्ने क्रममा ३ ओवरमा १ मेडन राख्दै मात्र ६ रन खर्चिएर ५ विकेट लिन सफल भए । यस्तै हारे कृष्णले २ विकेट लिए भने शाहब आलम र राजेश पुलामीले १/१ विकेट लिन सफल भएका थिए । खेलको प्लेयर अफ द म्याच सुशन भारी घोषित भएका थिए ।