नेपालद्रारा मलेसिया सामु मध्यम लक्ष्य प्रस्तुत

नेपालद्रारा मलेसिया सामु मध्यम लक्ष्य प्रस्तुत

बैशाख ११ , अनलाईन खेलखबर ।। थाईल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो दोस्रो खेलमा डिफेन्डिङ च्याम्पीयन नेपालले अहिले मलेसियाको सामना गरिरहेको अबस्था छ ।

जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिंङ्ग गरेको नेपालले ३४.५ ओवरमा सबै विकेट गुमाएर १ सय ४१ रन बनाएको छ ।

खेलमा नेपालले पहिलो विकेटका रुपमा दिपक बोहरालाई व्यक्तिगत १६ रनमा गुमाएको थियो । २५ बलको सामना गरेका उनले २ चौका समेत प्रहार गर्दै लोकमान नुर हाकिम शहरको बलमा आउट हुन् पुगे । यस्तै दोस्रो विकेटका रुपमा अर्का ओपनर ब्याट्सम्यान अर्जुन कुमाललाई पनि १६ रनमा नेपालले गुमाएको थियो ।

१२.६ ओवरमा सुरुवाती दुई ओपनर ब्याट्सम्यानलाई टिमको स्कोर ४२ रन हुदा गुमाएको नेपालले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गर्यो । आईस भट्टराई र कप्तान बिशाल बिक्रम केसीले उक्त साझेदारी गर्दै टिमलाई पहिलो स्थितिमा पुर्याएका थिए । बिशाल २८ रन बनाएर आउट हुन् पुगे । ३० बलको सामना गरेका उनले २ चौका समेत प्रहार गरे ।

बिशाल आउट भएपछी नेपालले ३ विकेट लगातार गुमायो । मात्र १५ रन जोड्दा नेपालका आईस भट्टराई व्यक्तिगत ३४ रन बनाएर आउट हुन् पुगे भने रोहन बिकेले ८ र प्रशान्त महतले १ रन बनाएर आउट हुन् पुगे ।

यसपछि टिमको स्कोर १ सय २५ रन हुदाँ टिमले सातौँ विकेटका लागि सुबाश एयरलाई व्यक्तिगत ११ रनमा गुमायो । यसपछि निखिल कुमार सिहले नेपालका लागि १२ रन थपे ।

बलिङ्ग तर्फ मलेसियाका सिर्दार्थ कार्तिकले सर्बाधिक ४ विकेट लिए । यस्तै लोकमान नुर हाकिम शहर र सुचिनुले पनि समान २/२ विकेट लिएका थिए । भने मोहम्मद एमीरुल र अहमद अकमलले पनि समान १/१ विकेट हात पारे ।

अब नेपालले प्रस्तुत गरेको १ सय ४२ रनको विजयी लक्ष्य पछ्याउदै मलेसियाले केहि बेरमै जवाफी ब्याटिंङ्ग गर्नेछ ।


उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपाली अन्डर सिक्टिन टिम यसपटकको पनि प्रमुख दाबेदार र बलियो टिम हो । त्यसको संङ्गकेत् नेपालले देखाउन सुरुवात गरिसकेको छ । नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो ।

कुल ८ टिमको सहभागिता रहेको यो प्रतियोगितामा प्रतियोगिता लाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक थाईल्याण्ड , मलेसिया र म्यानमार रहेको छ । भने समूह ‘बी’ मा सिंगापुर, हङकङ,भुटान र चिन रहेका छन् ।

नेपालले अब यो पछि समूह चरणको अन्तिम खेलमा आयोजक थाईल्यान्डसँग २५ तारिखमा प्रतिष्पर्दा गर्नेछ ।

समूह चरणबाट पहिलो र दोश्रो स्थान हासिल गर्ने टोली प्रतियोगिताको सेमीफाइनलमा पुग्नेछन । सेमीफाइनल खेल २७ तारिखमा हुनेछ भने फाइनल खेल २८ तारिखमा हुनेछ ।

नेपालले यसअघि सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा सिंगापुरलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *