नेपालको ५० रन पुरा

नेपालको ५० रन पुरा

बैशाख ११ , अनलाईन खेलखबर ।। थाईल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो दोस्रो खेलमा डिफेन्डिङ च्याम्पीयन नेपालले अहिले मलेसियाको सामना गरिरहेको अबस्था छ ।

जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिंङ्ग गर्ने निर्णय गर्दै अहिले ब्याटिंङ्ग गरिरहेको छ । सो समाचार तयार गर्दा सम्म नेपालले मध्यम सुरुवात गर्ने क्रममा १५.४ ओवरमा २ विकेटको क्षतिमा ५१ रन बनाईसकेको छ । नेपालले पहिलो विकेटका रुपमा दिपक बोहरालाई व्यक्तिगत १६ रनमा गुमाएको छ २५ बलको सामना गरेका उनले २ चौका समेत प्रहार गर्दै लोकमान नुर हाकिम शहरको बलमा आउट हुन् पुगे । यस्तै दोस्रो विकेटका रुपमा अर्का ओपनर ब्याट्सम्यान अर्जुन कुमाललाई पनि १६ रनमा नेपालले गुमाएको छ ।

अहिले मैदानमा आईस भट्टराई र कप्तान बिशाल बिक्रम केसीले ब्याटिंङ्ग गरिरहेका छन् ।


उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपाली अन्डर सिक्टिन टिम यसपटकको पनि प्रमुख दाबेदार र बलियो टिम हो । त्यसको संङ्गकेत् नेपालले देखाउन सुरुवात गरिसकेको छ । नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो ।

कुल ८ टिमको सहभागिता रहेको यो प्रतियोगितामा प्रतियोगिता लाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक थाईल्याण्ड , मलेसिया र म्यानमार रहेको छ । भने समूह ‘बी’ मा सिंगापुर, हङकङ,भुटान र चिन रहेका छन् ।

नेपालले अब यो पछि समूह चरणको अन्तिम खेलमा आयोजक थाईल्यान्डसँग २५ तारिखमा प्रतिष्पर्दा गर्नेछ ।

समूह चरणबाट पहिलो र दोश्रो स्थान हासिल गर्ने टोली प्रतियोगिताको सेमीफाइनलमा पुग्नेछन । सेमीफाइनल खेल २७ तारिखमा हुनेछ भने फाइनल खेल २८ तारिखमा हुनेछ ।

नेपालले यसअघि सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा सिंगापुरलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *