फेरी चेन्नई पहिलो स्थानमा उक्लियो

फेरी चेन्नई पहिलो स्थानमा उक्लियो

बैशाख ११।, अनलाईन खेलखबर ।। ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत गएराती भएको प्रतियोगिताको ४१ औँ खेलमा महेन्द्र सिह धोनीको टिम चेन्नई सुपर किग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ ।

यो जित संगै चेन्नई पुन : अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ । हैदराबाद माथि जित निकालेको चेन्नईले हाल सम्म ११ खेलबाट ८ मा जित र ३ मा हार व्यहोर्दै १६ अंकका साथ अंकतालिकाको दोस्रो बाट पहिलो स्थानमा उक्लिएको हो । चेन्नईलाई सन्दिप लामिछानेको टिम दिल्लीले पछ्याईरहेको छ ।

चेन्नई सँग पराजित् हुन् पुगेको सनराइजर्स हैदराबाद अहिले १० खेलबाट ५ मा हार र ५ मै जित निकाल्दै अहिले १० अंकका साथ चौथो स्थानमा रहेको अबस्था छ ।

खेलमा हैदराबादले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको चेन्नईले शेन वाटसनको ९६ रनको पारीको मद्दतमा १ बल बाकी रहदा ४ विकेट गुमाएर भेटायो । पहिलो विकेटका लागि फाफ डु प्लेसिसलाई व्यक्तिगत १ रनमा टिमको स्कोर ३ रन हुदाँ गुमाएको भएपनि टिमले दोस्रो विकेटका लागि ७७ रनको साझेदारी पाएपछि टिमले ठोस सुरुवात गरेको थियो ।

दोस्रो विकेटका लागि सुरेश रैना पभेलियन फ़र्किएपनि उनले वाटसन् सँग मिलेर त्यो साझेदारी गरेका थिए । यसपछि टिमले अर्को राम्रो साझेदारी पायो वाट्सन र अंबाती रायडू मिलेर ८० रनको साझेदारी गरे । तेस्रो विकेटका लागि वाट्सन दुर्भाग्यपूर्ण ९६ रन बनाएर आउट हुन् पुगे । सतक नजिक पुगेर पनि चुकेका उनले ५३ बलको सामना गर्दै ९ चौका र ६ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । वाट्सन भुवनेश्वर कुमारको बलमा क्याच आउट हुन् पुगे । उनि खेलको प्लेयर अफ द म्याच समेत घोषित भए ।

यसपछि टिमका लागि रायडूले २१ तथा केदार ज्यादबले ११ रनको योगदान दिदै टिमलाई महत्वपुर्ण खेलमा जित दिलाए ।

बलिङ्गमा हैदारबादका लागि भुवनेश्वर कुमार, सन्दिप शर्मा र राशिद खानले समान १/१ विकेट हात पारे ।

यसअघि चेन्नईको घरेलु मैदान एमए चितम्बरम रंगशालामा भएको खेलमा चेन्नईले टस जितेर पाहुना टोलि हैदराबादलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार हैदराबादले निर्धारित् २० ओवर पुरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ७५ रनको योगफल खडा गरेको थियो ।

खेलको १.३ ओवरमा टिमको स्कोर ५ रन हुदाँ ओपनर ब्याट्सम्यान जॉनी बेयरस्टोलाई सुन्य रनमा गुमाएको भएपनि हैदराबादले पनि यसपछि राम्रो ब्याटिंङ्ग प्रस्तुत गर्यो ।

जसमा डेविट् बार्नर र मनिष पाण्डेयले दोस्रो विकेटका लागि १ सय १५ रनको ठुलो साझेदारी भएपछी टिम सम्मानजनक स्कोर तर्फ अग्रसर भएको थियो । वार्नर ५७ रन बनाएर आउट भए मनिष पाण्डेयले अविजित रहदै ८३ रनको पारी खेले । राम्रो लयमा शानदार ब्याटिंङ्ग गरेका उनले ४९ बलको सामना गर्दै ७ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाए ।

यस्तै टिमका लागि विजय सङ्गखरले २६ तथा युसुफ पठानले ५ रन जोडे ।

बलिङ्गमा चेन्नईका हरभजन सिह र दिपक चाहरले समान १/१ विकेट हात पारे ।

अब प्रतियोगिता अन्तर्गत आज बुधवार एक खेल हुनेछ । जहाँ प्रतियोगिता बाट बाहिरी सकेको रोयल च्यालेंजर्स बैंगलोरले किग्स ईलाभेन पंजावको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति सवा ८ बजेपछि बैंगलोरको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *