प्रदेश १ माथि शानदार जित निकाल्दै एपीएफ पुरुष क्रिकेटको फाईनलमा प्रवेश
बैशाख १० , अनलाईन खेलखबर || नेपाली खेलकुदको महाकुम्भ आठौँ राष्टिय खेलकुद अहिले मुख्यत प्रदेश ५ का विभिन्न जिल्लाहरुमा जारी रहेको छ । धेरै खेलहरु सकिसकेका छन र केहि ठुला खेलहरु सकिने क्रममा रहेका छन । यसैबिचमा कोहलपुर क्रिकेट मैदानमा आज भएको पुरुष क्रिकेटको पहिलो सेमिफाईनल खेलमा प्रदेश १ माथि ८ विकेटको शानदार जित निकाल्दै एपीएफ क्लब प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।
आज मङ्गगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिंङ्ग गरेको प्रदेश नम्बर १ एपीएफको कसिलो बलिङ्ग सामु निरिह साबित् हुदै १६.३ ओवरमा अलआउट हुदै मात्र ४९ रनमा सिमित भएको थियो । प्रदेश १ का ब्याटिंङ्गमा मिनास थापा र सनि पुनले समान १४/१४ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले उलेख्य योगदान दिन असफल भएपछी टिमले झिनो लक्ष्य एपीएफ सामु प्रस्तुत गरेको थियो ।
४ खेलाडिले त खाता खोल्न समेत सकेनन । राष्टिय खेलाडीहरुको बाहुल्यता रहेको एपीएफका लागि बलिङ्ग तर्फ शरद भेषवाकरले उत्कृष्ट बलिङ्ग पेश गर्ने क्रममा आफ्नो ४ ओवरको स्पेलमा उनले मात्र १३ रन खर्चिएर ४ विकेट लिए । उनि खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका थिए ।
यस्तै बलिङ्ग तर्फ बसन्त रेग्मीले ३ विकेट हात पारे भने अभिनाश बोहरा र भुवन कार्कीले पनि समान १/१ विकेट हात पारे ।
यसपछि प्रदेश १ ले दिएको ५० रनको झिनो बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको एपीएफ ले उक्त बिजयी लक्ष्य १०.५ ओवरमा मात्र २ विकेट गुमाएर भेटायो । सङ्गखर राना र प्रदिप एरिले अबिजित रहदै क्रमश : २३ र १७ रनको योगदान दिएपछि एपीएफले प्रदेश १ माथि सहज जित निकालेको हो । यस्तै शरद भेषवाकरले २ तथा अनिल कुमार शाहले ७ रन बनाए ।
बलिङ्गमा प्रदेश १ का लागि दिपेश कडेल र पुष्प थापाले समान १/१ विकेट लिए ।
अब एपीएफले प्रतियोगिताको उपाधिको लागि भोलि बुधवार आजको दोस्रो सेमिफाईनल नेपाल पुलिस र आर्मी बिचको बिजेता सँग फाईनलमा प्रतिष्पर्दा गर्नेछ ।